३० बैशाख, काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनमा झण्डै ६८ हजार सुरक्षाकर्मीले सुरक्षा दिने भएका छन् । नेपाली सेनालाई ब्याकअपका रुपमा खटाइने भएको छ ।
गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रवन्ध गरिएको बताए ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भने, ‘सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएका छौं । भोलिको मतदानमा ढुक्क भएर आफ्नो मत प्रयोग गर्न सबैलाई अपील गर्न चाहन्छु ।’
गृहमन्त्री निधीका अनुसार चुनावका लागि ६७ हजार ९१६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनका अनुसार २२ हजार ५७५ नेपाल प्रहरी, १७ हजार ३५६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । ३८३ राष्ट्रिय अनुसन्धान विभाग र २२ हजार ६०२ म्यादी प्रहरी परिचालन गरिएको छ ।
थप ५ हजार जनशक्ति पनि परिचालन गरिएको गृहमन्त्री निधीले जानकारी दिए । उनले भने, ‘पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ । हवाई गस्ती र पैदल गस्ती पनि गरिनेछ ।’
मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरेर छुट्याएको उनले बताए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि