काठमाडौं, वैशाख १७ – नयाँ शक्तिले विभिन्न जिल्लाहरुमा आफ्ना उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएको छ ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुपमा एकल चुनाव चिन्ह एक हातले समातेको मसाल प्रयोग गरेर स्थानीय तह निर्वाचनमा जाने सम्झौता गरेसँगै पार्टीले चुनावी अभियान तीव्र बनाएको हो ।
उम्मेदवाहरुको टुंगो लगाउने क्रममा रामेछाप र सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका तथा नगर पालिकाहरुमा नयाँ शक्ति र संघीय समाजवादी फोरमले आफ्ना उम्मेवार चयन गरेका छन् ।
२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लाको २ वटै नगरपालिकाको उम्मेदवार छनौट गरिसकेको नयाँ शक्ति पार्टी नेपालका रामेछाप जिल्ला संयोजक रोमन लामाले जानकारी दिएको छ ।
करीब दुई दशकपछि हुन लागेको स्थानिय तह निर्वचनमा राजनैतिक पृष्ठभुमिबाट मात्र नभई गैर राजनितिक पृष्ठभूमि भएका आकांक्षीहरु पनि धेरै रहने हुनाले उम्मेदवार छनौट प्रक्रिया पनि प्रतिस्पर्धी बन्न पुगेको लामा बताउँछन् ।
रामेछाप नगरपालिकामा संघीय समाजवादी फोरमका मिन बहादुर तामाङलाई नगर प्रमुखको उम्मेदवार चयन गरेको छ भने उपप्रमुखमा नयाँ शक्तिकी रिता कार्कीलाई चयन गरेको छ । त्यसैगरी मन्थली नगरपालिकामा नगर प्रमुखको उम्मेदवार राम बहादुर तामाङ र उपप्रमुखमा सविना तामाङलाई छनौट गरेको संयोजक लामाले बताए ।
निर्वाचनमा सहजताका लागि १५ सदस्यीय निर्वाचन परिचालन समिति, ७ सदस्यीय स्थानीय घोषणापत्र मस्यौदा समितिसहित रणनीति र स्थानीयस्तरको आवश्यक समितिहरु निमार्ण गरिने रामेछाप जिल्लाका उत्प्रेरक रबिन्द्र थिङले बताए ।
त्यसैगरी नयाँ शक्तिले दोरम्बा, सुनापति गाउँपालिकाको उम्मेदवारको छनौट पनि अन्तिम चरणमा पुगेकोले भोलि (सोमबार) बिहान सबै उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने संयोजक लामाले बताए । कूल ६३ वटा वडा रहेको जिल्लामा खाँडादेबी, दोरम्बा, सुनापति, उमाकुण्ड, लिकु र गोकुल गंगा सहित छ गाउँपालिका रहेका छन् ।
यसैबिच सिन्धुपाल्चोक जिल्लाको लागि आधिकारिक हस्ताक्षरसहितको टिकट लिएर केही उम्दवारको छनोट गरिसकेको नयाँ शक्ति सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची, चौतारा साँगाचोक गढी र बाह्रविसे गरी तीन नगरपालिका र ९ गाउँपालिका रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा राजु चौलागाई प्रमुख तथा उपप्रमुखमा विन्दा आचार्यलाई छनौट गरिएको जिल्ला संयोजक भिम प्रसाद पराजुलीले बताए ।
त्यस्तै चौतारा साँगा गढी नगरपालिकाको प्रमुखमा रेशम गिरी र उपप्रमुखको उमेदवारमा विष्णु बिकको नाम छनौट गरिएको संयोजक पराजुलीले जानकारी दिए । जिल्लामा अभियन्ताहरु पार्टीको नीति सिद्धान्त अनुरुप परिचालित गरिएको साथै स्थानीय तह निर्वाचन सम्बन्धी हाते पर्चा, निर्वाचन सम्बन्धी जानकारीसहित बाह्रविसे, मेलम्ची र सुकुटेलाई केन्द्र बनाएर अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न