विद्यार्थीले ल्याए आन्दोलनका नयाँ कार्यक्रम, सरकारी गाडी चल्न नदिने

nain-shing-nabina-narendra810१४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेबिसंघ केन्द्रीय कार्यालयमा बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले सरकारी गाडी सन्चालमा रोक लगाउने लगायतका आन्दोलन कार्यक्रमहरु सार्बजनिक गरेका हुन् ।

विद्यार्थीहरुले सार्वजनिक गरेका नयाँ कार्यक्रम अनुसार बैशाख १५ गते शुक्रबार शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने रहेको छ ।

यस्तै बैशाख १७ गते शनिबार शिक्षामन्त्री, शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका सञ्चालकहरु (प्याब्सन र एनप्याव्सनका पदाधिकारी) समेतलाई बहिस्कार गर्ने निर्णय विद्यार्थीहरुले गरेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत १८ गते आइतबार सरकारी सवारीसधान सञ्चालनमा रोक लगाउने निर्णय संयुक्त विद्यार्थी संगठनहरुले गरेका छन् ।

आफूहरुले दिएको अल्टिमेटममा माग पूरा नभएकाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको नेबिसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

नियमविपरित चर्को शुल्क वृद्धि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले बुधबार काठमाडौं उपत्यकाका निजी विद्यालयहरुमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित