यस्ता छन् सल्यानमा माओवादी केन्द्रका उम्मेदवार

१४ बैशाख, सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु छनोट गरेको छ । ७ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेको सल्यानमा एउटा नगर र एउटा गाउँपालिकाबाहेक अरु सबै ठाउँमा उम्मेदवारहरुको टुंगो लगाइएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कँवर ‘विवेक’ले बताए ।

टुंगो नलागेका बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकाका उम्मेदवारहरुको पनि भोलिसम्म टुंगो लगाइने कँवरले बताए । ‘गाउँपालिका र नगरपालिकाबाट प्रमुखमा तीन-तीन जनाको नाम आएको छ, सबै साथीहरु चुनावमा आफूले पहलकदमी लिन सक्छु भनेर उत्साहित हुनुहुन्छ, कँवरले भने, ‘भोलिसम्म सबैलाई सहमत गराएर उम्मेदवार टुंग्याउँछौं ।’

जिल्ला सदरमुकाम रहेको शारदा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकीलाई उम्मेदवार बनाएको जिल्ला इन्चार्ज कँवरले बताए । शारदा नगरपालिका-२ खलंगा निबासी श्रेष्ठ सल्यानको वाम आन्दोलनका पहलकर्ता हुन् । २०४६ को पेरिफेरीबाट राजनीतिमा होमिएका श्रेष्ठ वाम मोर्चाको तर्फबाट जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने २०४८ सालमा गठित संयुक्त जनमोर्चा नेपालको जिल्ला उपाध्यक्षसमेत भइसकेका यहाँका स्थापित र पुराना कम्युनिष्ट नेता हुन् ।

त्यस्तै, बनगाड कुपिन्डे नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ र उपप्रमुखमा मञ्जु यरीलाई उम्मेदवार बनाइएको छ । हाल पार्टीको जिल्ला संयोजक रहेका बुढाथोकी सल्यानको माओवादी आन्दोलनका संस्थापक सदस्यमध्येका एक हुन् । तत्कालीन जिल्ला जनसरकार प्रमुखको रुपमा काम गरिसकेका बुढाथोकी पश्चिम सल्यानका स्थापित नेता हुन् ।

त्यस्तै, दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी ‘अरुण’ र उपाध्यक्षमा टीका वलीलाई उम्मेदवार बनाएको छ भने छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा उम्मेदवार रहेका छन् ।

त्यस्तै, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लिलावती बुढाले उम्मेदवारी दिने भएका छन् । कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना रानाले उम्मेदवारी दिने निर्णय गरिएको कँवरले बताए ।

त्यस्तै, ढोरचौर गाउँपालिकामा अध्यक्ष नरविर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ ।

कुमाख मालिका गाउँपालिकामा दिलमाया बुढा ‘सिर्जना’लाई अध्यक्ष र डिल्लीराज जैशीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको जिल्ला इन्चार्ज कँवरले बताए । नेकपा माओवादी केन्द्रले कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएका दिलमाया बुढा जिल्लामै अध्यक्ष/प्रमुखको एक्ली उम्मेदवार हुन् ।

दिलमायाः जनसरकार हुँदै गाउँपालिकाको दाबेदारसम्म

२०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उपप्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी सहिद पत्नीसमेत हुन् । युद्धकालमै २०५६ चैतमा सालमा उनका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो ।

२०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेकी थिइन् । हाल पार्टीको भ्रातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार रहेकी छिन् ।

बागचौर र कालिमाटीमा टुंगिन बाँकी

आकांक्षी धेरै भएर उम्मेदवार नटुङ्गयाइएको बागचौर नगरपालिकामा प्रमुखका लागि नगर कमिटीले लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा कल्पना पुन, सुम्निमा डिसी र कमला वलीको नाम सिफारिस गरेको इन्चार्ज कँवरले बताए ।

त्यस्तै कालीमाटी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुन, रुद्रबहादुर घर्ती र पुरुषोत्तम भट्टराईको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा भने पि्रती डिसीको नाम सर्वसम्मत सिफारिस भएको कँवरले बताए । यी दुई ठाउँको उम्मेदवारी पनि भोलिसम्म टुंग्याइसक्ने कँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न