प्रचण्डको नाम लिँदै ओलीले हिन्दीमा भने- तेरा ये हिम्मत ? (भिडियोसहित)

 

१३ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई झुक्याउने प्रयास नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन् ।

स्थानीय तहको संख्या बढाउने तयारीबारे सोध्दा हल्लाको पछि नलाग्नुस् भनेको तर, ११ जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि पत्राचार गरेको पाइएको भन्दै उनले बेइमानी नगर्न चेतावनी दिए ।

‘प्रधानमन्त्रीसँग सोध्दा यो हुँदै होइन, चुनाव अगाडि कहाँ यो संख्या थप्ने घटाउने हुन्छ ? यस्ता हल्ला पनि सुन्ने तपाईहरु ? भन्नु भो,’ मनमोहन स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा ओलीले भने, ‘हिजो हेरेको त एलडीओहरुलाई लिखित निर्देशन दिनु भएको छ । कतिसारो बेइमानी ।’

ओलीले अघि भने, भोकभोकै निर्वाचनमा बस्ने, काँचो चना खाएर आन्दोलनलाई अघि बढाउने पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको पार्टी यति मजबुत हुँदाहुँदै, हिन्दीमा भन्ने हो भने तेरा ये हिम्मत ?’

सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाए । ‘जनमत संग्रहकालमा केटाकेटी यसो निहु खोज्न थाल्यो भने हल्ला नगर है जनमत संग्रह भाँडिन्छ भन्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले हामीलाई चुनाव चाहिएको छ । चुनाव भाँडिन्छ है भनेर देश टुक्राउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने काम हुँदैछ ।’

संविधान संशोधन देश हितमा नभएको भन्दै उनले पहाड र तराई छुट्याउने छौं भन्ने मात्र नलेखिएको बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै ल्याएको संशोधन प्रस्तावमा एमाले सहितका सबै प्रतिपक्षी दल बाहेकको सर्वस्वीकार्य भनि कोष्ट भित्र नदेखिने गरी लेखिएको भन्दै व्यंग्य समेत गरे ।

भिडियो हेर्नुहोस् 

२०७४ वैशाख १३ गते १६:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न