प्रचण्डको नाम लिँदै ओलीले हिन्दीमा भने- तेरा ये हिम्मत ? (भिडियोसहित)

 

१३ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई झुक्याउने प्रयास नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन् ।

स्थानीय तहको संख्या बढाउने तयारीबारे सोध्दा हल्लाको पछि नलाग्नुस् भनेको तर, ११ जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि पत्राचार गरेको पाइएको भन्दै उनले बेइमानी नगर्न चेतावनी दिए ।

‘प्रधानमन्त्रीसँग सोध्दा यो हुँदै होइन, चुनाव अगाडि कहाँ यो संख्या थप्ने घटाउने हुन्छ ? यस्ता हल्ला पनि सुन्ने तपाईहरु ? भन्नु भो,’ मनमोहन स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा ओलीले भने, ‘हिजो हेरेको त एलडीओहरुलाई लिखित निर्देशन दिनु भएको छ । कतिसारो बेइमानी ।’

ओलीले अघि भने, भोकभोकै निर्वाचनमा बस्ने, काँचो चना खाएर आन्दोलनलाई अघि बढाउने पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको पार्टी यति मजबुत हुँदाहुँदै, हिन्दीमा भन्ने हो भने तेरा ये हिम्मत ?’

सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाए । ‘जनमत संग्रहकालमा केटाकेटी यसो निहु खोज्न थाल्यो भने हल्ला नगर है जनमत संग्रह भाँडिन्छ भन्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले हामीलाई चुनाव चाहिएको छ । चुनाव भाँडिन्छ है भनेर देश टुक्राउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने काम हुँदैछ ।’

संविधान संशोधन देश हितमा नभएको भन्दै उनले पहाड र तराई छुट्याउने छौं भन्ने मात्र नलेखिएको बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै ल्याएको संशोधन प्रस्तावमा एमाले सहितका सबै प्रतिपक्षी दल बाहेकको सर्वस्वीकार्य भनि कोष्ट भित्र नदेखिने गरी लेखिएको भन्दै व्यंग्य समेत गरे ।

भिडियो हेर्नुहोस् 

२०७४ वैशाख १३ गते १६:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण