कमल थापालाई बालुवाटारमै यसरी हपारे ओलीले !

Kp-oli-And-Kamal-thapaकाठमाडौं, १३ वैशाख । प्रधानमन्त्रीको आह्वानमा मंगलबार राति बालुवाटारमा ५ दलको बैठक बस्यो । तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने सरकारी तयारीविरुद्ध एमालेद्धारा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच जुहारी नै चल्यो ।

सरकार मधेसी मोर्चाबीच भएको सहमतिका आधारमा मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन मन्त्रिपरिषदले स्थानीय विकासमन्त्री थापाको नेतृत्वमा चार सदस्यीय कार्यदल समेत बनाएको छ । तर, सो कार्यदलले काम थालेलगत्तै एमालेले संसद अवरुद्ध गर्दै विरोध गरेको छ । उसले स्थानीय विकास मन्त्रालयको परिपत्र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको मर्म विपरीत भएको भन्दै सरकारले आफ्नो गल्ती नसच्याएसम्म सदन चल्न नदिने अडान लिएको छ ।

यसबीचमा बालुवाटारको हिजो रातिको बैठकमा कार्यदलका संयोजकको हैसियतले थापाले संसदको अवरोध हटाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरे । स्मरण रहोस् थापा ओली सरकारमा पनि उपप्रधानमन्त्री थिए ।

तर, एमाले अध्यक्ष ओलीले ‘हामीले स्थानीय विकासमन्त्रीको स्वर नसुनेर वा अनुहार हेर्न नपाएर सदन अवरुद्ध गरेका हो र ?’ भन्ने रुखो जवाफ फर्काए । उनले चुनाव अगाडि स्थानीय तहको संख्या कुनैहालतमा बढाउन नदिने आफ्नो अडान पनि बैठकमा सुनाए । ओलीको अडानपछि बैठक निष्कर्षविहिन भयो ।

उक्त बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण