कमल थापालाई बालुवाटारमै यसरी हपारे ओलीले !

Kp-oli-And-Kamal-thapaकाठमाडौं, १३ वैशाख । प्रधानमन्त्रीको आह्वानमा मंगलबार राति बालुवाटारमा ५ दलको बैठक बस्यो । तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने सरकारी तयारीविरुद्ध एमालेद्धारा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच जुहारी नै चल्यो ।

सरकार मधेसी मोर्चाबीच भएको सहमतिका आधारमा मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन मन्त्रिपरिषदले स्थानीय विकासमन्त्री थापाको नेतृत्वमा चार सदस्यीय कार्यदल समेत बनाएको छ । तर, सो कार्यदलले काम थालेलगत्तै एमालेले संसद अवरुद्ध गर्दै विरोध गरेको छ । उसले स्थानीय विकास मन्त्रालयको परिपत्र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको मर्म विपरीत भएको भन्दै सरकारले आफ्नो गल्ती नसच्याएसम्म सदन चल्न नदिने अडान लिएको छ ।

यसबीचमा बालुवाटारको हिजो रातिको बैठकमा कार्यदलका संयोजकको हैसियतले थापाले संसदको अवरोध हटाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरे । स्मरण रहोस् थापा ओली सरकारमा पनि उपप्रधानमन्त्री थिए ।

तर, एमाले अध्यक्ष ओलीले ‘हामीले स्थानीय विकासमन्त्रीको स्वर नसुनेर वा अनुहार हेर्न नपाएर सदन अवरुद्ध गरेका हो र ?’ भन्ने रुखो जवाफ फर्काए । उनले चुनाव अगाडि स्थानीय तहको संख्या कुनैहालतमा बढाउन नदिने आफ्नो अडान पनि बैठकमा सुनाए । ओलीको अडानपछि बैठक निष्कर्षविहिन भयो ।

उक्त बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले