१० बैशाख, काठमाडौं । सरकारले चार वटा प्रदेशमा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरेको छ । दोस्रो चरणको चुनाव जेठ ३१ गते हुनेछ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए ।
अब प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते चुनाव हुनेछ । प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।
बैठकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी निर्वाचनमा सहभागी हुुन पनि मधेसी मोर्चालाई आग्रह गरेको छ । आन्दोलनरत मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन दोस्रो चरणमा पनि निर्वाचन गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
साथै पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
बौशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ, जस अनुसार उम्मेदवारी दर्ता १६ गते तोकिएको छ ।
स्रोतका अनुसार बैशाख १९ गते तोकिनेछ ।
स्थानीय तहको संख्या बढ्ने
सरकारले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या पनि बढाउने भएको छ । यसका लागि उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
चार सदस्यीय कार्यदललाई ३/४ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ । र, कार्यदलको प्रतिवेदनका आधारमा स्थानीय तहको संख्या बढाइनेछ ।
संविधान संशोधनपछि आयोग गठन
मन्त्रिपरिषद् बैठकले मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन विधेयकमा परिर्माजन गर्ने निर्णय गरेको छ । सरकार र माधेसी मोर्चाबीच फास्ट ट्राकबाट संविधान संशोधन विधेयक पास गर्ने सहमति भएको छ ।
संशोधन विधेयक पास भएपछि सीमांकन हेरफेरबारे सिफारिस गर्न उच्चस्तरीय संघीय आयोग गठन हुनेछ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार