April 22, 2017

मधेशी मोर्चा पनि चुनावमा आउँछ : कमल थापा

बैशाख ९, बिराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी विश्वास व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री थापाले मधेशी मोर्चा निर्वाचनमा सहभागी भए दुई चरणमा स्थानीय तहको निर्वाचन गराउन सरकार बाध्य हुने पनि स्पष्ट पारे । शनिवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहको संख्या बढाउने तयारी गरिरहेको पनि उल्लेख गरे ।

उपप्रधानमन्त्री थापाले स्थानीय तहको संख्या बढेपछि एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन राजनीतिक दृष्टिले समेत उपयुक्त नहुने धारणा पनि राखे ।

उपप्रधानमन्त्री थापाले राष्ट्रिय सभाको मताधिकार स्थानीय तहका प्रमुख÷उपप्रमुखले गर्न नपाउने मधेशी मोर्चाको सर्त भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मान्य नहुने पनि स्पष्ट पारे । उनले मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा प्रमुख प्रतिपक्ष एमालेको पनि सहमति लिनुपर्नेमा पनि जोड दिए ।

उपप्रधानमन्त्री थापा सरकारले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण