टिम चौराहा डिपिएलको फाइनलमा

धनगढी, वैशाख ७ । पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । उसले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्गससँग भिड्ने पक्का गरेको हो ।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र टिम चौराहा नै भिडेका थिए र प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पुरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो ।

आजको खेलमा पनि पारस चम्किए र रुपेन्देहीलाई पन्छाउँदै टिम चौराहा फाइनलमा पुगेको छ ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टिम चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन मात्र बनायो ।

बिहिबारको खेलमा रुपन्देहीका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले १४ रनको साझेदारी गर्न बाहेक अरूले ठूलो साझेदारी गर्न सकेनन् ।
उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४ रन बनाए भने पुष्प थापाको ब्याटले १३ रन जोड्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो । डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्गसविरुद्ध १७३ रन बनाएको थियो ।

टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । उनले ४१ बलको सामना गरर्दै ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे भने अमर रौतेलाले १६ रन जोडे ।
रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहब आलमले एक एक विकेट लिए ।

रोचक के छ भने समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधार चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार