
७ वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सकेसम्म सहमतिमा ल्याउने नआएमा वैशाख ३१ गते नै स्थानीय तह निर्वाचन गर्ने विषयमा प्रमुख दलहरुबीच सहमति जुटेको छ । आज प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाहरुले यही विषयलाई आफ्नो मुख्य खबर बनाएका छन् । देशभर १८ हजार मतदान केन्द्र तोकिएको खबर पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
आजको गोरखापत्र दैनिकले ‘मोर्चा सहमत भए दुई चरणमा निर्वाचन’ शीर्षक दिएर
मुख्य खबर लेखेको छ । १८ हजार मतदान केन्द्र स्थापना भएकादेखि राष्ट्रपतिको भारत भ्रमण फलदायी बनेकोसम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा छ ।
नयाँ पत्रिका दैनिकले पाँच दलबीच बुधबार बालुवाटारमा भएको छलफलको निष्कर्षलाई आफ्नो मुख्य खबर बनाउँदै लेखेको छ – मधेसी मोर्चा सहमतिमा नआए पनि ३१ वैशाखमै स्थानीय तह निर्वाचन गर्न प्रमुख पाँच दल सहमत भएका छन् । कोसी यातायातमा साढे ५६ करोडको अनियमितता भएको खबर पनि नयाँ पत्रिकाले लेखेको छ ।
‘प्रधानमन्त्रीको प्रस्तावः दुई चरणमै निर्वाचन गर्ने कि ?’ शीर्षक दिएर पाँच दल बैठकबारेको खबर पस्केको कान्तिपुरले स्थानीय तह निर्वाचनको मतपत्रबारे जानकारीमूलक सामग्री छापेको छ ।
राजधानी दैनिकले संसद्का ऐतिहासिक दस्तावेज बेवास्ताको सिकार बन्दा लोप हुने अवस्थामा पुगेको सामग्री छापेको छ ।
लाउडामा राय बाझिएकोदेखि मोर्चा नआए पनि वैशाख ३१ मै निर्वाचन हुनेसम्मका खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग