बैशाख ६, काठमाडौं – ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ ।
ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो ।
लललिपुर घटनामा घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछि मात्र प्रहरीको जानकारीमा आएको हो । आजको नागरिकमा खबर छ ।
गोली लागेको तस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनुजस्ता कारण घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
क्रिस्चियन महासंघको सचिवसमेत रहेका खड्का मंगलबार बिहान पाटन अस्पताल पुगेका थिए । कम्मरमुनि गोली अड्केको एक्सरे बोकेर उनी अस्पताल पुगेका थिए ।
खड्काको दाबीअनुसार आइतबार बेलुका घर फर्कने क्रममा ललतिपुरको जिल्ला प्रशासन कार्यालय पछाडीको सडकमा केही पड्किएको आवज उनले सुनेका थिए । उनी मोटरसाइकलमा थिए ।
उनी मोटरसाइकल नरोकी सीधै कोठामा पुगे । सर्ट खोल्दा रगत देखेपछि घाउ लागेको चााल पाएको प्रारम्भिक बयान खड्काले दिएको प्रहरीले जनायो ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा