५ बैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
स्थानीय चुनाव बहिस्कारको नारा लिएको विप्लवको पार्टीले बुटवल, कञ्चनपुर लगायतका स्थानमा सभा गर्न खोजेको थियो । तर, प्रहरीले हस्तक्षेप गरेको छ ।
एकीकृत जनजागरण तथा प्रतिरोध अभियान भन्दै विप्लवको पार्टीले बुटबलको ट्राफिक चोकमा सभा गर्न खोजेको थियो । सभा सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरेको छ । चुनाव विरोधी गतिविधि गरेकाले कार्यक्रम रोकेको प्रहरीले जनाएको छ ।
लुम्बिनी ब्युरोले बुटवलमा अायाेजना गरेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर,पोलिटब्यूरो सदस्य ओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतकाे उपस्थति थियाे । सभाअघि नगरपरिक्रमा क्रममा ‘नेपाल सरकार मुर्दाबाद’, लगायतका नारा लगाइएकाे थियाे ।
नेपाल कम्युनिष्ट पार्टीले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो । सभामा स्थानीय तहको निर्वाचनको बिरोध समेत गरिएको थियो ।
यसैगरी कञ्चनपुरमा पनि प्रहरीले विप्लवको पार्टीको सभामा हस्तक्षेप गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका