April 14, 2017

नेताहरुबाट यस्तो छ नयाँ वर्षको शुभकामना

१ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज दिनुभएको शुभकामना सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन स्थानीय तहको निर्वाचनको अत्यन्त ठूलो महत्व रहेको बताउनुभएको छ । उहाँले सन्देशमा आफ्नो मतबाट बन्ने स्थानीय सरकार गाउँ÷नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुने उल्लेख गर्नुभएको छ ।

“मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ” सभापति देउवाद्वारा जारी सन्देशमा भनिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७४ सालको शुभकामना सन्देश दिँदै स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन आग्रह गर्नुभएको छ । निर्वाचनबाट आफूले चुनेका प्रतिनिधिका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

‘‘नयाँ वर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय वर्षका रूपमा अङ्कित हुने विश्वास मैले लिएको छु’’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ–‘‘संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पु¥याउने प्रभावशाली प्रक्रियाको रूपमा रहेको स्थानीय तह निर्वाचनले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने छ ।’’

उहाँले राजनीतिक दल, सङ्घसंस्था एवम् आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरू अभिव्यक्त गरिरहेको मधेसी मोर्चालाई लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समाधान खोज्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेगमीले नव वर्ष २०७४ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा संविधानको कार्यान्वयनको शुभ सङ्केतस्वरुप स्थानीय तहको निर्वाचन तोकिएको बताउँदै २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गर्नु संवैधानिक अनिवार्यता भएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा संविधान जारी गर्न एकजुट भएका दलहरू संविधान कार्यान्वयनको लागि पनि एकजुट हुँदै र विमतिका बुँदाहरू साँघुरो बनाउँदै असन्तुष्ट पक्षहरूलाई समेट्न गम्भीररुपले लाग्नु जरुरी रहेको उल्लेख गर्नुभएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग