२९ चैत, धनगढी । कैलालीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीको चटकपुर सडकमा ना ५ ख ९४०८ नंको बसको ठक्करबाट घाइते भएका कञ्चनपुर झलारी–पिपलाडी नगरपालिकाका पानसिं बोहराका छोरा सातवर्षीय मनोजको उपचारार्थ भारत लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
यसैगरी सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गको कैलाली घोडाघोडी सडकखण्डमा से ५ प ९८८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय हेमराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनाबाट सडकमा हिँडिरहेका कैलाली मसुरियाका धनबहादुर कँडेल घाइते भएकामा उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रासस
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित