२९ चैत, काठमाडौं । जंगलबाट सल्किएको आगो गाउँमा पस्दा पाँचथर जिल्लाको सवाङमा एघार घर जलेर नस्ट भएको छ ।
सोमबार दिउँसो करिब एक बजे हिलिहाँङ गाउँपालीका ७ सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा ११ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।
आगलागीको कारण सो स्थानका इन्द्रबहादुर पङ्धाक, डिल्ली पङधाक, राज कुमार पङ्धाक, राजेन्द्र पङ्धाक, मदन चापागाई, गोपाल खनाल, कुलबहादुर खनाल, गोपाल खनाल, मानबहादुर खनाल, रबिलाल चापागाई र चन्द्रप्रसाद चापागाईको घर, गोठ र गाई–भैंसी जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको भएको थियो । उक्त आगलागी नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र