२९ चैत, काठमाडौं । जंगलबाट सल्किएको आगो गाउँमा पस्दा पाँचथर जिल्लाको सवाङमा एघार घर जलेर नस्ट भएको छ ।
सोमबार दिउँसो करिब एक बजे हिलिहाँङ गाउँपालीका ७ सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा ११ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।
आगलागीको कारण सो स्थानका इन्द्रबहादुर पङ्धाक, डिल्ली पङधाक, राज कुमार पङ्धाक, राजेन्द्र पङ्धाक, मदन चापागाई, गोपाल खनाल, कुलबहादुर खनाल, गोपाल खनाल, मानबहादुर खनाल, रबिलाल चापागाई र चन्द्रप्रसाद चापागाईको घर, गोठ र गाई–भैंसी जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको भएको थियो । उक्त आगलागी नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा