बैशाख ५ देखि स्टिकर हेर्नुहोला,ट्यांकरको पानी पिउँदा

Water-Tanker-768x466

२८ चैत, काठमाडौं । काठमाडौंमा खानेपानी विक्री वितरण गर्दै आएका ट्यांकरहरुले अब अनिवार्य रुपमा दर्ता गरेर स्टिकर टाँस्नुपर्ने भएको छ । स्टिकर नटाँसिएका ट्यांकरले बैशाख ५ गतेदेखि पानी बेचेको भेटिएमा कारवाही गर्ने सरकारको तयारी छ ।

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि काठमाडौं खानेपानी व्यवस्थापन बोर्डले पानी बेच्ने ट्यांकरमाथि कडाइ गर्न लागेको हो ।

काठमाडौंमा पानी विक्री गर्ने ट्यांकरहरुले खोलाको फोहोर पानी उपभोक्तालाई बेचेर स्वास्थ्यमा खेलवाड गरिरहेको भन्दै मन्त्रीले त्यसबारे निगरानी गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जानकारी दियो ।

मन्त्रीको निर्देशनपछि बोर्डले गरेको तयारी अनुसार अब पानी विक्री गर्ने ट्यांकरहरुले बैशाख ५ भित्र अनिवार्यरुपमा बोर्डबाट अनुमति लिनुपर्ने छ । बोर्डले पानीको गुणस्तर अनुसार ट्यांकरलाई नीलो, पहेंलो र हरियो स्टिकर प्रदान गर्नेछ । र, त्यस्तो स्टिकल लागेका ट्यांकरले मात्रै पानी बेच्न पाउने छन् ।

मन्त्रालय स्रोतका अनुसार फिजिकल, केमिकल र बायोलोजिकल हिसाबले शुद्ध पानी बिक्री गर्ने ट्यांकरले नीलो स्टिकर प्राप्त गर्ने छन् । नीलो स्टिकर लागेका ट्यांकरको पानी सीधै पिउन सकिने छ ।

पानी परीक्षण गर्दा फिजिकल र केमिकलको अवस्था सामान्य रहेको तर माइक्रोबायोलोजिकल परीक्षणमा गुणस्तरीय नदेखिएको पानी विक्री गर्ने ट्यांकरहरुले पहेंलो स्टिकर पाउनेछन् । यस्तो पानी उमालेरमात्रै पिउनुपर्ने हुन्छ ।

त्यसैगरी माइक्रो बायोलाजिकल परीक्षणमा सामान्य देखिने तर फिजिकल र केमिकल टेस्टमा अनुपयुक्त ठहरिएको पानी बेच्ने ट्यांकरलाई हरियो स्टिकर दिइने छ ।

हरियो स्टिकर लागेको ट्यांकरले बेचेको पानी हात खुट्टा धुनका लागिमात्रै उपयुक्त हुन्छ, पिउन वा भान्सामा प्रयोग गर्न मिल्दैन ।

राजधानीमा पानी विक्री गर्ने ट्यांकरहरुले कुनै परीक्षण नगरिएको खराब पानी उपभोक्ताहरुलाई बेचिरहेको गुनासो आएपछि मन्त्री शाहीले अनुमति नलिई पानी बेच्न प्रतिबन्ध लगाउने निर्देशन दिएको उनका प्रेस सहयोगी सुनिल सापकोटाले  बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा