बैशाख ५ देखि स्टिकर हेर्नुहोला,ट्यांकरको पानी पिउँदा

Water-Tanker-768x466

२८ चैत, काठमाडौं । काठमाडौंमा खानेपानी विक्री वितरण गर्दै आएका ट्यांकरहरुले अब अनिवार्य रुपमा दर्ता गरेर स्टिकर टाँस्नुपर्ने भएको छ । स्टिकर नटाँसिएका ट्यांकरले बैशाख ५ गतेदेखि पानी बेचेको भेटिएमा कारवाही गर्ने सरकारको तयारी छ ।

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि काठमाडौं खानेपानी व्यवस्थापन बोर्डले पानी बेच्ने ट्यांकरमाथि कडाइ गर्न लागेको हो ।

काठमाडौंमा पानी विक्री गर्ने ट्यांकरहरुले खोलाको फोहोर पानी उपभोक्तालाई बेचेर स्वास्थ्यमा खेलवाड गरिरहेको भन्दै मन्त्रीले त्यसबारे निगरानी गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जानकारी दियो ।

मन्त्रीको निर्देशनपछि बोर्डले गरेको तयारी अनुसार अब पानी विक्री गर्ने ट्यांकरहरुले बैशाख ५ भित्र अनिवार्यरुपमा बोर्डबाट अनुमति लिनुपर्ने छ । बोर्डले पानीको गुणस्तर अनुसार ट्यांकरलाई नीलो, पहेंलो र हरियो स्टिकर प्रदान गर्नेछ । र, त्यस्तो स्टिकल लागेका ट्यांकरले मात्रै पानी बेच्न पाउने छन् ।

मन्त्रालय स्रोतका अनुसार फिजिकल, केमिकल र बायोलोजिकल हिसाबले शुद्ध पानी बिक्री गर्ने ट्यांकरले नीलो स्टिकर प्राप्त गर्ने छन् । नीलो स्टिकर लागेका ट्यांकरको पानी सीधै पिउन सकिने छ ।

पानी परीक्षण गर्दा फिजिकल र केमिकलको अवस्था सामान्य रहेको तर माइक्रोबायोलोजिकल परीक्षणमा गुणस्तरीय नदेखिएको पानी विक्री गर्ने ट्यांकरहरुले पहेंलो स्टिकर पाउनेछन् । यस्तो पानी उमालेरमात्रै पिउनुपर्ने हुन्छ ।

त्यसैगरी माइक्रो बायोलाजिकल परीक्षणमा सामान्य देखिने तर फिजिकल र केमिकल टेस्टमा अनुपयुक्त ठहरिएको पानी बेच्ने ट्यांकरलाई हरियो स्टिकर दिइने छ ।

हरियो स्टिकर लागेको ट्यांकरले बेचेको पानी हात खुट्टा धुनका लागिमात्रै उपयुक्त हुन्छ, पिउन वा भान्सामा प्रयोग गर्न मिल्दैन ।

राजधानीमा पानी विक्री गर्ने ट्यांकरहरुले कुनै परीक्षण नगरिएको खराब पानी उपभोक्ताहरुलाई बेचिरहेको गुनासो आएपछि मन्त्री शाहीले अनुमति नलिई पानी बेच्न प्रतिबन्ध लगाउने निर्देशन दिएको उनका प्रेस सहयोगी सुनिल सापकोटाले  बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल