April 10, 2017

पाँचथरमा आगलागीले आठ घर जले

aaglagi

२८ चैत, ताप्लेजुङ । पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ ।

दिउँसो करिव एक बजे हिलिहाँङ गाउँपालीका-७ (साविकको सुबाङ गाविस-२) को सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।

 

आगलागीबाट स्थानीय ईन्द्र बहादुर पन्दाक, राजकुमार पन्दाक, चन्द्र चापागाई लगायतका आठ घर जलेर नष्ट भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।

केहि घर बसाई सरी गएकाले घर धनीको नाम खुल्न सकेको छैन भने अन्यको विवरण संकलन गर्ने काम भईरहेको उनले बताए । अचानक जंगलबाट सल्किएको आगोले ठुलो रुप लिदा नजिकै रहेको घरमा सल्किएको र हावा हुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको डिएसपि पोख्रेलको भनाई छ ।

अहिले अन्य नजिकैका घर भित्रको सामान निकाल्ने र घरको छानामा बसेर जोगाउने बाहेक अन्य प्रयास हुन नसकेको घटना स्थलमै रहेका डिएसपी पोख्रेलले टेलिफोनमा भने । आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।

आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ । आगो जंगलबाट सल्किएकाले कसले सल्काएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् । जंगल भित्र बाटो भएकाले पैदल यात्रीको असाबधानिका कारण आगलागी भएको हुन सक्ने स्थानीय सन्तोस खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र