बुद्ध एयर एफएनसीसीआई गोल्ड अवार्डको हकदार

Fncci-4-768x512२८ चैत, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघले बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मानित गरेको छ । ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा प्रज्ञाभवन कमलादिमा आयोजित एक समारोहमा महासंघले बस्नेतलाई सो अवार्ड प्रदान गरेको  हो ।  प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत् उनले अवार्ड ग्रहण गरेका हुन् ।

 

बुद्ध एयर नेपाली आकाशमा ट्रेन्डसेटर रहेको भन्दै महासंघले पुरस्कार प्रदान गरेको हो । बुद्ध एयरले स्थापनाको दुई दशक पुरा गरेको छ । यस अवधिमा बुद्ध एयरले हरेक तप्का सर्वसाधारणलाई हवाई यात्रा सस्तो, सजिलो र सुगम बनाई दिएको छ ।

बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीको साथै पर्वतीय उडान गरिरहेको छ । आन्तरिक उडानकाअलावा नियमित रुपमा भारतको वाराणसी र भुटानको पारोमा पनि चार्टड उडान गरिरहेको छ ।

पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्य मुलुकहरुसँग पनि सिधा उडान गर्ने बुद्ध एयरको योजना रहेको छ । यसका लागि आवश्यक गृहकार्यहरु पनि भईरहेकोछ ।

यस सफलताको पछाडि यात्रुगण, ट्राभल एजेन्सी, विभिन्न व्यवसायिक संस्थाहरु तथा बुद्ध  एयरका कर्मठ कर्मचारीहरु रहेको प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र