भक्तपुर, चैत २८ – नयाँ वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा सोमबार सुरु हुँदैछ । जात्रामा झण्डै २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जात्राका लागि आवश्यक पर्ने भैरव, भद्रकालीको रथ निर्माणदेखि डोरी किन्नेसम्मको काम सकिएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
जात्रा अवधिभर प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो । जात्रामा सुरक्षा दिन एक हजार १ सय प्रहरी खटिनेछन् । प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण राणाले जात्रामा ढुङ्गा हान्ने, हुलदङ्गा गर्ने जो कोहीलाई तत्कालै प्रहरीले पक्राउ गरी कडा कारबाही गरिने बताउनुभयो ।
उहाँका अनुसार यस्ता गतिविधिको निगरानीका लागि २४ वटा सिसी क्यामरा जडान गरेको छ भने सडक बत्तीको व्यवस्था पनि गरिएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।
बिस्केट जात्राको पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुने परम्परा छ । जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तान्ने परम्परा छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते बेलुकी लिङ्गो ढाल्ने गरिन्छ भने १ गते नै भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।
जात्राको अन्तिम दिन ५ गते प्रसिद्ध पाँचतले मन्दिरमा रहेको तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का