April 10, 2017

तेस्रो लिंगीका लागि यसरी हुँदैछ खेलकुदको तयारी

चैत २८, काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि समावेश गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले आगामी वर्षका लागि प्रस्ताव गरेको नयाँ कार्यक्रममा तेस्रो लिंगीबीच बृहत् खेलकुद आयोजना गर्ने विषयलाई पनि प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिनुभयो ।

विश्वमै तेस्रो लिंगीहरूको खेलकुद निकै कम हुने गरेको छ । तेस्रो लिंगीको विषयलाई लिएर विश्व खेलकुदमा समय समयमा विवाद पनि देखिने गरेको छ । सदस्यसचिव विष्टले तेस्रो लिंगी पनि देशका नागरिक भएकाले उनीहरूलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने मान्यतासहित यस्तो प्रस्ताव अघि सारिएको जानकारी दिनुभयो । ‘तेस्रो लिंगी हुनुमा उनीहरूको दोष छैन । उनीहरू पनि देशका नागरिक हुन्, हाँसो र खिसीका पात्र होइनन् । त्यसैले उनीहरूलाई पनि खेलकुद क्षेत्रमा समाहित गर्न तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा हौं’, विष्टले भन्नुभयो ।

तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगितामा समावेश गरिने खेल, त्यसको संरचना र सहभागिताको विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो । ‘हरेक वर्ग, क्षेत्र र उमेर समूहका व्यक्तिलाई खेलकुदमा समाहित गर्ने हाम्रो नीति हो । त्यसैलै आगामी आर्थिक वर्षका लागि केही फरक कार्यक्रम अघि सारेका छौं, त्यसमध्ये तेस्रो लिंगीको खेलकुद नितान्त नयाँ अवधारणा हो’, अन्नपूर्णसँगको कुराकानीमा सदस्यसचिव विष्टले भन्नुभयो ।

राखेपले आगामी वर्षदेखि ‘राखेप च्याम्पियनसिप’ को नाममा अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ । राखेप च्याम्पियनसिप बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको एक वर्षपछि आयोजना गरिनेछ । ‘बृहत् राष्ट्रिय खेलकुद भएको अर्को वर्ष राखेप च्याम्पियनसिप हुनेछ, यसले खेलाडीलाई व्यस्त बनाउने छ भने अन्तर्राष्ट्रिय सहभागिताका लागि पनि गतिलो तयारी हुनेछ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार राखेप च्याम्पियनसिप भने सम्बन्धित संघले नै आयोजना गर्नेछन् । राष्ट्रपतिको नाममा छुट्टै महिला प्रतियोगिता र उपराष्ट्रपतिको नाममा यू—१४ उमेर समूहको प्रतियोगिता पनि आयोजना गरिनेछ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित