April 10, 2017

तेस्रो लिंगीका लागि यसरी हुँदैछ खेलकुदको तयारी

चैत २८, काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि समावेश गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले आगामी वर्षका लागि प्रस्ताव गरेको नयाँ कार्यक्रममा तेस्रो लिंगीबीच बृहत् खेलकुद आयोजना गर्ने विषयलाई पनि प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिनुभयो ।

विश्वमै तेस्रो लिंगीहरूको खेलकुद निकै कम हुने गरेको छ । तेस्रो लिंगीको विषयलाई लिएर विश्व खेलकुदमा समय समयमा विवाद पनि देखिने गरेको छ । सदस्यसचिव विष्टले तेस्रो लिंगी पनि देशका नागरिक भएकाले उनीहरूलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने मान्यतासहित यस्तो प्रस्ताव अघि सारिएको जानकारी दिनुभयो । ‘तेस्रो लिंगी हुनुमा उनीहरूको दोष छैन । उनीहरू पनि देशका नागरिक हुन्, हाँसो र खिसीका पात्र होइनन् । त्यसैले उनीहरूलाई पनि खेलकुद क्षेत्रमा समाहित गर्न तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा हौं’, विष्टले भन्नुभयो ।

तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगितामा समावेश गरिने खेल, त्यसको संरचना र सहभागिताको विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो । ‘हरेक वर्ग, क्षेत्र र उमेर समूहका व्यक्तिलाई खेलकुदमा समाहित गर्ने हाम्रो नीति हो । त्यसैलै आगामी आर्थिक वर्षका लागि केही फरक कार्यक्रम अघि सारेका छौं, त्यसमध्ये तेस्रो लिंगीको खेलकुद नितान्त नयाँ अवधारणा हो’, अन्नपूर्णसँगको कुराकानीमा सदस्यसचिव विष्टले भन्नुभयो ।

राखेपले आगामी वर्षदेखि ‘राखेप च्याम्पियनसिप’ को नाममा अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ । राखेप च्याम्पियनसिप बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको एक वर्षपछि आयोजना गरिनेछ । ‘बृहत् राष्ट्रिय खेलकुद भएको अर्को वर्ष राखेप च्याम्पियनसिप हुनेछ, यसले खेलाडीलाई व्यस्त बनाउने छ भने अन्तर्राष्ट्रिय सहभागिताका लागि पनि गतिलो तयारी हुनेछ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार राखेप च्याम्पियनसिप भने सम्बन्धित संघले नै आयोजना गर्नेछन् । राष्ट्रपतिको नाममा छुट्टै महिला प्रतियोगिता र उपराष्ट्रपतिको नाममा यू—१४ उमेर समूहको प्रतियोगिता पनि आयोजना गरिनेछ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग