चैत २८, काठमाडौं – मधेसी मोर्चाको विरोधबीच २ नम्बर प्रदेशका ४ वटा जिल्लामा मतदान केन्द्र निर्धारण गरिएका छन् । निर्वाचन आयोगका अनुसार २ नम्बर प्रदेशका धनुषा, सर्लाही, बारा र पर्सामा निर्वाचन क्षेत्र निर्धारण भएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आयोगले सरकारलाई अल्टिमेटम दिएर २ नम्बर प्रदेशमा मतदान केन्द्र निर्धारण गरिदिन आग्रह गरेको थियो । तर सरकारका तर्फबाट खासै पहल नभएपछि चार वटा जिल्लामा अझै केन्द्र निर्धारण हुन सकेका छैनन्।
राजनीतिक सहमतिमा केन्द्र निर्धारण नभए २०७० सालको संविधानसभा निर्वाचनमा तोकिएका मतदान केन्द्रलाई नै कायम गरेर निर्वाचन गराउने चेतावनी आयोगले दिइसकेको छ।
यसैबीच ४४ वटा राजनीतिक दलले आफ्नो पार्टीबाट उम्मेदवार प्रमाणित गर्ने अधिकारीको नमुना हस्ताक्षर आयोगमा बुझाएका छन्। उम्मेदवार प्रमाणित गर्ने अधिकारी दलको केन्द्रिय स्तरको नेता हुनुपर्ने स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था छ। आयोगले यस्तो व्यक्तिको हस्ताक्षर संकलनका लागि चैत ३० सम्मको समय तोकेको छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र