२६ चैत, काठमाडौं । आजको नयाँ पत्रिका दैनिकले राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेताको मतदाता नामावलीबारे जानकारीमूलक सामग्री पस्केको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं महानगरपालिका वडा नं. १० मा मतदाता नामावली छन् । उनले काठमाडौं १० मा मतदान गर्नेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुनको मतदाता नामावली भने गोली गाउँपालिका-२, रोल्पामा छ । उनी मतदान गर्न रोल्पा जानुपर्नेछ ।
प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका-६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । सभामुख ओनसरी घर्तीको रोल्पा नगरपालिका ७, रोल्पामा मतदाता नामावली छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिका-१ डडेल्धुरामा मतदाता नामावली छ । देउवा स्थानीय तह निर्वाचनमा मतदान गर्न डडेल्धुरा जानेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली दमक नगरपालिका-१२, झापामा छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको सूर्योदय नगरपालिका-९, इलाममा मतदाता नामावली छ । माधवकुमार नेपालले गौर नगरपालिका ३ बाट मतदान गर्नेछन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको मतदाता नामावली पालुङटार नगरपालिका १, गोरखामा छ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली विराटनगर उपमहानगरपालिका १४, मोरङमा छ । उनले विराटनगरबाटै मतदान गर्न पाउनेछन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका