काठमाडौं, चैत २५ – स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु सलबलाउन थालेका छन् । विशेष गरेर ठूला दलहरु काङ्ग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्नो चुनावी रणनीतिहरु समेत बनाउन चालिसकेका छन् । यसैबिच सत्ताधारी दल माओवादी केन्द्रले आगामीस्थानीय निकायको निर्वाचनको लागि उमेद्वारहको मापदण्ड तोकेको छ ।
पार्टीले आफ्नो उमेद्वार बन्नका लागि विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने जनाएको छ ।
उमेद्वार हुनका लागि पहिलो शर्त भनेको उम्मेदवार छनोट भइसकेपछि उसले आफ्ना सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने छ । यस्तै उमेद्वारले पार्टीको नीति, कार्यक्रम र कार्य्दिशा लागू गर्नुपर्नेछ । पार्टीको संगठन विस्तार गर्दै जनतामा पार्टीको आधार खडा गर्ने क्षमता राख्ने हुनुपर्नेछ । यस्तै उमेद्वार हुन स्थानीय तहमा लोकप्रिय, वर्ग दृष्टिकोण स्पष्ट भएको र जनयुद्धमा भूमिका खेलेको हुनुपर्नेछ । यससँगै सार्वजनिक काममा दक्ष, चुनावी रणनीतिमा दख्खल व्यक्ति माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न सक्षम हुनेछ । माओवादी केन्द्रले निर्वाचन आयोगले तोकेको योग्यताका अतिरिक्त सार्वजनिक पद धारण गर्दा वा संगठनको भूमिकामा रहँदा वा सामाजिक जीवनमा सार्वजनिक प्रतिष्ठा गुमाएका वा धुमिल भएका, आचरणहीन देखिएका व्यक्तिलाई उम्मेदवारी नदिने माओवादीको नीति छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका