April 7, 2017

पार्टीको झण्डा बोकेर चुनावमा लाग्ने शिक्षकलाई कारबाही गरीने

बैतडी, चैत २५ – जिल्ला शिक्षा कार्यालय बैतडीले जिल्लामा कार्यरत शिक्षकहरुलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत पार्टीको झण्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनु भयो । शिक्षकहरुले आफ्नो पेशागत मर्यादाभन्दा बाहिर रहेर सभासम्मेलनमा पार्टीको झण्डा बोके आचारसंहिता विपरीत काम गरेमा कारबाही गरीने उहाँले बताउनु भयो ।

पछिल्लो समयमा शिक्षकलगायत सरकारी कर्मचारीहरु पार्टीको प्रचारप्रसारमा बढी केन्द्रीत हुने गरेका छन् । चुनाव नजीकिएसंगै कर्मचारीहरु पार्टीको झण्डा बोक्दै चुनावी प्रचारमा लागेकाले जिल्लामा कार्यरत कर्मचारीलाई प्रचारप्रसारमा नलाग्न जिल्ला शिक्षा कार्यालय बैतडीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष