नेपालगन्जमा भारतीय गाडीको अवैध बसपार्क !

17814077_1655935707756708_1360680582_nस्वर्गद्वारी यातायात सेवा प्रा.लि.ले भारतीय नम्बर प्लेटको फोर्स सानो बसलाई नेपाली भूमिमा अवैध रुपमा भन्सार कार्यालय यात्रु सेवाको अगाडि बसपार्कमा राखिएकोमा ट्राफिक प्रहरीको सक्रियतामा हटाइएको छ । उक्त प्रा.लि.ले अवैध रुपमा बसपार्क मात्र संचालनमा ल्याउनुको साथै सडक छेउमैं टिकट काउण्टर समेत स्थापना गर्दा पनि सरोकारवाला निकाय भने अहिलेसम्म मौन देखिएको छ । उक्त प्रालिले भारतीय नम्बर प्लेटको मिनि बस प्रयोगमा ल्याई चण्डीगढ, सिमला लगायतको हिमाचल प्रदेशसम्मको टिकट शुल्क लिई अवैध रुपमा सेवा संचालनमा ल्याएको थियो ।

अवैध रुपमा नेपाली भूमिमा भारतीय नम्बर प्लेटका मिति बसहरुको विषयमा जानकारी पाएपछि बिहिबार जिल्ला ट्राफिक प्रहरीले असईको नेतृत्व टोली खटाई करिब एक दर्जनभन्दा बढी बसहरुलाई भारततर्फ फिर्ता पठाएको छ । भन्सार कार्यालय यात्रु शाखाको हातामा अवैध रुपमा खोलिएको बसपार्कमा राखिएका अधिकांश बसहरुको भन्सार राजस्व समेत नकाटेको समेत भेटिएको थियो ।

अवैध रुपमा नेपाली भूमिको प्रयोग गर्दै बसपार्कमा राखिएको बसहरुले भन्सार छल्ने लगायत नेपाली यात्रुहरुलाई ढग्ने समेत गुनासो आएको कारण ट्राफिक प्रहरीमा हरकतमा आएको बुझिएको छ । ट्राफिक प्रहरीले अवैध रुपमा राखिएको बसलाई भारततर्फ फिर्ता पठाएको भने अवैध रुपमा राखिएको टिकट काउण्टर हटाउने विषयमा कसले चासो राख्ने भन्ने विषयमा अहिलेसम्म कहि कतैबाट कुनै चासो देखाएको भने छैन ।

भन्सार कार्यालय यात्रु शाखाको अगाडि आफ्नै हातामा अवैध रुपमा भारतीय नम्बर प्लेटका मिनि बसहरु पार्क गरी राख्दा भन्सार कार्यालयको काममा समेत कठिनाई भइरहेको कर्मचारीहरुले बताए ।

भन्सार कर्मचारी भन्छन्–‘हामी भित्रै हुन्छौं, बाहिर बस राखिन्छ । तर यसको लागि सम्बन्धित प्रहरी निकायले चासो लिनु पर्ने हो । –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित