आँखाको तेज बढाउने १० घरेलु उपाय

IMG_1841उपाय

१. बदाम
६ /७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आखालाइ फाइदा गर्दछ ।

२. त्रिफला
अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आखा सफा गर्नुहोस् । यसले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ।

३. गाजर
यसमा भिटामिन वि र सी पाइन्छ । नियमित रुपमा गाजर खानाले तथा यसको जुस पिउनाले आखाको ज्योति बढ्दै जान्छ ।

४. सर्स्युं
सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

५. ग्रीन टि
दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनुहोस् । यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आखालाई स्वस्थ राख्दछ ।

६. अमला
सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आंखा सफा गर्नुस् । यसो गर्नाले आखा स्वस्थ रहन्छ ।

७. घिउ
घिउले आखी भौ तथा कन्चडतिर ५-१० मिनेट मसाज गर्नाले आंखाको तेज बढ्दै जान्छ ।

८. जीरा
जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आंखाको ज्योति बढाउछ ।

९. हरियो साग
रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आखाको तेज बढ्दै जान्छ ।

१०.चिसो पानी
आखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाव जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आखा स्वस्थ रहन्छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

(यो पनि पढ्नुहोस्)

गर्मीमा यसरी बनाउनुहोस् कागती र पुदिनाको सर्बत।

एजेन्सी । जाडोको तुलनामा गर्मी याममा शरीरमा पानीको आवश्यक्ता बढी हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । बाह्य वातावरण सुख्खा हुन्छ । त्यही कारणले पनि शरीरमा पानीको सन्तुलन मिलाउनु पर्ने हुन्छ । तर, हामी सादा पानी पिउन त्यती जाँगर देखाउँदैनौ, जति बजारमा पाइने कोल्ड ड्रिंक्स पिउन जाँगर चलाउँछौं ।

स्वादिलो र छरितो कोल्ड ड्रिंक्सले प्यास त मेटाउँछ, तर शरीरमा पानीको आवश्यक्ता पुरा गर्दैन । अझ बेफाइदा त के भने, कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि लाभदायक हुन्न ।त्यसैले गर्मीमा स्वाद पनि लिने, शरीरमा पानीको मात्रा पनि पुरा गर्ने विकल्प हो, सर्बत । घरेलु विधीबाट सजिलै तयार पार्न सकिने सर्बत स्वास्थ्यका लागि पनि सर्बोत्तम मानिन्छ ।गर्मीबाट राहत दिनका लागि हामीलाई प्रकृतिले कागति दिएको छ । त्यस्तै यतिबेला पुदिना पनि पाइन्छ । कागती, पुदिना र अदुवाको सर्बत सजिलै बनाउन सकिन्छ, जो स्वादिलो हुनका साथै स्वस्थ्यबर्द्धक पनि । चिनी, बीरे नुन पनि यसमा मिश्रण गर्नुपर्छ । यद्यपी यसमा चिनी भन्दा मह वा सख्खरको प्रयोग गर्नु उत्तम हो ।

आवश्यक सामग्री

– कागती दाना मध्यम आकारको

– पुदिनाको पात

– अदुवा (लाम्चो काटिएको)

– बीरे नुन

– चिनी (मह वा सख्खर भए राम्रो)
कसरी बनाउने ?

१. चिनीलाई एक गहिरो भाँडामा राख्ने र त्यसमा एक तिहाई पानी मिसाउने ।

२. चिनीलाई घोलेर पकाउने । यो घोल औंलामा लिएर खेलाउँदा आपसमा टाँसिने हुनुपर्छ । अब उक्त घोललाई सेलाउन दिने ।

३. कागती निचोरेर रस निकाल्ने । पुदिना र अदुवालाई मिक्सचरमा पिस्ने । तर, त्यसमा पानी नहाल्ने बरु चिनीको घोल थोरै मिसाइदिने ।

४. अब चिनीको घोलमा पुदिना र अदुवाको मिश्रण, कागतीको रस, बीरे नुन मिसाउने । त्यसलाई राम्ररी घोल्ने ।

(यसलाई माटोको भाँडोमा भण्डारण गरेर आवश्यक्ता अनुसार पानी मिसाएर पिउन सकिन्छ ।)

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का