२४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध-भोजमा सहभागी हुन सोल्टी होटलमा पुगेकी छिन् । भोजमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोदेखि लिएर मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।
पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात् चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको हो । सो ब्रतबन्धको भोज एक सातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको हो ।
सामाजिक सुधार ऐनअनुसार विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा अनावश्यक तडक भडक एव फजुल खर्च गर्न नपाइने प्रावधान छ ।
तर, सामन्ती संस्कारको झल्को दिने गरी आयोजना गरिएको ब्रतबन्धको भोजमा देशका मन्त्री एवं राष्ट्रपनिसम्मले सहभागिता जनाएपछि अब सामाजिक सुधार ऐन कागजमा मात्रै सीमित हुने पक्कापक्की जस्तै भएको छ ।
को-को गए भोज खान ?
पूर्वराजाका नातिको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छिन् । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैको पैंचो तिर्न उनी पूर्वराजाका नातिको ब्रतबबन्धमा पुगेकी हुन् ।
भोजमा चलचित्रकर्मी महानायक राजेश हमाल पनि सहभागी भएका छन् ।

from:online khabar
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष