पूर्वराजाका नातिको भोज खान राष्ट्रपतिदेखि राजेन्द्र महतोसम्म

२४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध-भोजमा सहभागी हुन सोल्टी होटलमा पुगेकी छिन् । भोजमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोदेखि लिएर मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।

 

पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात् चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको हो । सो ब्रतबन्धको भोज एक सातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको हो ।

सामाजिक सुधार ऐनअनुसार विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा अनावश्यक तडक भडक एव फजुल खर्च गर्न नपाइने प्रावधान छ ।

तर, सामन्ती संस्कारको झल्को दिने गरी आयोजना गरिएको ब्रतबन्धको भोजमा देशका मन्त्री एवं राष्ट्रपनिसम्मले सहभागिता जनाएपछि अब सामाजिक सुधार ऐन कागजमा मात्रै सीमित हुने पक्कापक्की जस्तै भएको छ ।

को-को गए भोज खान ?

पूर्वराजाका नातिको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छिन् । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैको पैंचो तिर्न उनी पूर्वराजाका नातिको ब्रतबबन्धमा पुगेकी हुन् ।

भोजमा चलचित्रकर्मी महानायक राजेश हमाल पनि सहभागी भएका छन् ।

 

 

 

 

from:online khabar

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित