आजको राशिफल – मिति वि.सं. २०७३ साल चैत्र २४ गते बिहीबार,तदानुसार इश्वी सन २०१७ अप्रिल ६ तारीख

Screenshot_2017-04-04-21-15-15-picsay

आज श्री शाके १९३९, वि.सं. २०७३ साल चैत्र २४ गते बिहीबार तदानुसार इश्वी सन २०१७ अप्रिल ६ तारीख, चैत्र शुक्ल पक्ष दशमी तिथी ११:५० बजे सम्म चन्द्रमा कर्कट राशिमा १:०५ बजे सम्म पश्चात सिहं राशिमा सूर्य उत्तरायण बसन्त ऋतु (ज्यो. प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक साथसहयोग मनग्य प्राप्त हुनेछ । सबारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभासम्मेलनमा सहभागीता जनाउने मौका मिल्नेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट आईपर्नेछ । अपरान्ह पश्चात भने कार्य क्ष्ोत्रमा सामान्य झन्झट उत्पन्न हुनेछ ।

पराक्रममा वृद्धि हुने छ । ईष्ट मित्र तथा दाजुभाईको साथ सहयोग प्राप्त रहनेछ । गरीरहेको कार्य क्षेत्रमा सामान्य आलोचना बढ्न सक्नेछ । यात्रा सामान्य झन्झटमय रहला । मान्यजनको मार्ग अबलम्वन गर्दा कार्य सम्पादनमा सहजता रहनेछ । नयाँ कार्यको थालनि नगनू होला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्थिर स्रोत र साधनका क्षेत्रमा गरीएको खर्च लाभदायक रहनेछ । बोलिमा मधूरता छाउनेछ । खानपानमा बिषेश ध्यान दिनु पर्ने समय रहेको छ । आफुभन्दा सानाको सहयोमा गरीएका कार्यहरुमा बिषेश फाईदा रहनेछ । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रिय मित्रको भेटघाटले मन प्रशन्न रहनेछ । मनमा सामान्य कार्य प्रतिको डर रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट रहन सक्नेछ । स्थान्तरणको योग रहेको छ । ईष्ट मित्रहरु सगँ सामान्य बादबीवाद रहन सक्ने सम्भाबना रहेको छ । भौतिक साधनको प्रयोमा बिषेश ध्यान दिनुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । आम्दानिका तुलनामा खर्च बढ्न सक्नेछ । नजिकका ईष्टमित्रहरु सगँ साधारण मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साधारण समस्या आईपर्न सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिश्वासिलो ब्यक्ति हरुबाट सामान्य धोका हुन सक्ला । अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईको मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । पारीवारलाई दिएको समय फाईदा जनक रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला । खानपानमा रुचि जाग्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । अनावश्यक यात्रा ले दिन झन्झट पुर्ण ब्यतित हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । यात्रा आम्दानि मुलक साबित रहला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति