स्थानीय तहको निर्वाचन हुनु नै माओवादीको जित होः प्रचण्ड

Prachanda-4-768x459२२ चैत, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हो, हाम्रो एजेण्डाको जित हो । नेपाली जनताको जित हो, राष्ट्रको जित हो ।’

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय महासङ्घ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुन पार्टीले जित्छ र कुन पार्टीले हार्छ भन्ने कुरा गौण विषय भएको बताए । उनले अघि भने, तर मुलुकले जित्नुपर्छ, नेपाली जनताले जित्नुपर्छ ।’

माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डा नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने बताए । सङ्घीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिए ।

परिवर्तनका एजेण्डा खोस्न चाहनेलाई मात्र निर्वाचन नचाहिएको भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।

माओवादीको एकतामा जोड दिँदै उनले अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि हुन पुगेको बताए। आफू नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको, राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्न पहल गरिएको बताए ।

यस्तै, हुलाकी सडक तथा काठमाडौँ–तराई–मधेस द्रुतमार्गजस्ता ठूला आयोजना छिटो सम्पन्न गर्ने पहल गरिएको, छिमेकीसँग सन्तुलित सम्बन्ध विकास गरिएको, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कैयौँ उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्रीले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

वाईसीएलका पाँच पूर्व उपाध्यक्ष माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त

काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका