April 4, 2017

बिहीबार आईजीपी टुँगो लाग्ने

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच आईजीपी नियुक्तीबारे सहमति भएको छ।

नेपाल प्रहरीको नयाँ आईजीपी विवादलाई लिएर मन्त्रिपरिषदको बैठक बस्न सकिरहेको थिएन् । हिजोमात्रै प्रधानमन्त्री दाहाल सभापति देउवावीच भएको छलफलले अब बस्ने क्याबिनेटमै आईजीपी टुँगो लगाउने सहमति भएको सूत्रहरुले जनाएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आउने बिहीबार बस्ने क्याविनेटबाटै प्रहरी महानिरीक्षक नियुक्ति हुने भएकोछ । त्यस्तै उपप्रधानमन्त्रीको मयार्दाक्रमका विषयमा पनि दाहाल र देउवाबीचमा विवाद उत्पन्न भएको भनेर चर्चा भएको थियो। तर उपप्रधानमन्त्रीको मर्यादाक्रममा प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवावीच खासै विवाद नभएको खुल्न आएको छ ।

राप्रपा अध्यक्ष कमल थापा उपप्रधान सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेसँगै अर्का उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आफू नै पहिलो नम्बरमा हुनुपर्ने अडान लिएका थिए । जसका कारण मन्त्रिपरिषदको बैठकसमेत प्रभावित बन्दै आएको थियो ।
थापालाई सरकारमा सहभागी गराउनुपुर्व नै प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवावीच थापालाई नै पहिलो नम्बर दिने सहमति भएको थियो । दुई उपप्रधानमन्त्री वरियताक्रमलाई लिएर विवाद उत्पन्न भएपछि दुई साता बढी समय बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।

पार्टीका नेता विमलेन्द्र निधिलाई मर्यादाक्रमअनुसार पहिलो स्थानमा राख्नुपर्ने देउवाको दबाब छैन । सभापति देउवा निधिसँग रुष्ट छन् । प्रधानमन्त्री दाहालले मर्यादाक्रमअनुसार पहिलो स्थानमा थापालाई नै राख्न खोजिरहेका छन् ।

देउवाको दबाबमा सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री दाहाल मर्यादाक्रमअनुसार पहिलो स्थानमा रहेकालाई नियुक्ति गर्न चाहन्छन् । तर, देउवाले भने प्रहरी नियमावली नै संशोधन गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएको स्रोते जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन पनि दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन्। नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँगको आन्तरिक बैठकमा दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने विकल्प अघि सारेका हुन्। मधेशी मोर्चासँगको आन्तरिक छलफलमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता