राजविराज, २२ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ । 
राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी (दास)को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घर अगाडि बम फेला परेको थियो ।
दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको बताइएको छ ।
बम फेला परेको ठाउँमा आज बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैको विद्यालयमा वार्षिक परीक्षा दिन आउने विद्यार्थी समेत त्रसित भएका थिए ।
दुवै स्थानबाट तराईमा सशस्त्र सङ्घर्षरत गर्दै आएका (जयकृष्ण गोइत) नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासमेत फेला परेका छन् । यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै बमको जिम्मेवारी लिएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित