एजेन्सी । माइक्रोसफ्टले बुधबारबाट आफ्नो नयाँ अपरेटिङ सिस्टम विण्डोज–१० प्रयोगमा ल्याएको छ । प्रयोगकर्ताहरु लामो समयदेखि यसको प्रतिक्षा गरिरहेका थिए, किनकी यसले कम्प्युटिङको दुनियामा नयाँ बदलावको अपेक्षा सबैमा थियो ।
माइक्रोसफ्टले सन् १९७५ मा स्थापना भएपछि ४० वर्षको यात्रामा प्रविधिमा ठूलो विकास गरिसकेको छ । सूचना प्रविधिको क्रान्तिमा यस कम्पनीका विण्डोज–९५, विण्डोज–९८, एक्सपी र विण्डोज–७ ले सफलता पाए ।
कम्पनीले यसअघि नै विण्डोज–१० को लुक सार्वजनिक गर्दै यसले प्रयोगकर्तामा थप क्षमता हुने बताएको थियो । माइक्रोसफ्टका संस्थापक ५९ वर्षीय बिल गेट्सका बारेमा धेरैलाई धेरै कुरा थाहा नहुन सक्छ ।
स्कुल पड्न छोडेर पनि उनले संसारकै धनी व्यक्तिको रुपमा लामो यात्रा गरे । यसको श्रेय माइक्रोसफ्टलाई नै जान्छ । यस्तै उनको जीवनमा जोडिएका केही रोचक तथ्य छन्, जो धेरै मानिसहरुलाई थाहा छैन ।
१. १७ वर्षको उमेरमा नै बिलव गेट्सलाई मेक्सिको प्रहरीले बिना लाइसेन्स गाडी चलाएको र ट्राफिक संकेत तोडेको आरोपमा पक्राउ गरेको थियो ।
२. बिल गेट्सको कथा गरिबबाट धनी होइन । उनी पहिलेदेखि नै धनी परिवारका व्यक्ति हुन् । उनका बाबु विलियम एच.गेट्स नामी वकिल थिए । गेट्सका हजुरबा बैंकका मालिक थिए । उनीपछि बैंकको कामकाज हजुरआमाले सम्हालिन । हजुरआमाले अरबौंको सम्पत्ति बिल गेट्सको नाममा गरिदिएकी थिइन् ।
३. ३० वर्षको उमेरमा करोडपति बन्ने उनको सपना थियो । तर उनी ३१ वर्षको उमेरमा नै अरबपति बने ।
४. बिल गेट्सले हरेक वर्ष १ मिलियन डलर अर्थात १० करोड २४ भन्दा बढि रकम सम्पत्ति ट्याक्सको रुपमा तिर्ने गर्छन ।
५. उनका अनुसार सन् २०३५ सम्ममा कुनै देश गरिब रहँदैन ।
६. बिल गेट्स सँग यति सम्पत्ति छ कि उनले १ मिलियन डलर अर्थात करिब १० करोड २४ लाख रुपैयाँ एक दिनमा खर्च गर्ने हो भने पनि उनको सबै पैसा खर्च गर्नका लागि २१८ वर्ष लाग्छ ।
७. बिल गेट्सले खाना खाएर आफ्नो प्लेट आफै माझ्ने गर्छन । उनी भन्छन् अर्कोले यही काम राम्रोसँग गर्छ भने म पनि गर्न सक्छु ।
८. कारका शौखिन गेट्सले एक दिन माइक्रोसफ्टको कार पार्किङमा एक कर्मचारीलाई ठक्कर दिए । उनले ती कर्मचारीलाई आफ्नो बिजनेस कार्ड दिए र बनाउँनका लागि चाहिएजति पैसा निकाल्न दिए ।
९. गेट्स आफ्नो जीवनमा १०० बिलियन डलर दान गर्न चाहन्छन् । अहिले पनि उनले हरेक वर्ष अरबौं रुपैया दान गर्ने गर्छन ।
१०. माइक्रो सफ्टको सबैभन्दा धेरै शेयर स्टीभ बाल्मरसँग छ । बिल गेट्सले हरेक बर्ष आफ्नो शेयरको केही हिस्सा बेच्ने गर्छन । यसैकारण सन् २०१४ मा बाल्मर कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर भए ।
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
जेष्ठ १९ काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको भू-भागसहितको नक्सा संसदमा
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर
नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै