संखुवासभामा ७ सय ग्रामको असिना पर्‍यो

wwwwwwwwwwwwwwसंखुवासभास् दशकपछि आइतबार साँझ संखुवासभाको पाँचखपन गाउँपालिकामा ७ सय ग्रामको असिना परेको छ।

असिनाले घरमा छाएको जस्तापाता समेत प्वाल पारेको स्थानीय पेमाछिरी शेर्पाले बताए। एक दशक अघि पाँच सय ग्रामको असिना परेको थियो। त्यस पछि आइतबार साँझ ७ सय ग्रामको असिना झरेको उनले बताए।

 

असिनाले एक दर्जन बढी चौपाय मरेको स्थानीय शेर्पाले बताए। आलु, मकै र गहुँ पुरै काम नलाग्ने गरी क्षति पुर्‍याएको बताए। तेर्से, भालुखोप, ताल, स्वाची लगायतका क्षेत्रमा असिना परेको उनले बताए।

यता संखुवासभाकै खाँदबारी, मकालु आसपासका क्षेत्रमा पनि असिना झरेको थियो। एप्रील १ देखि ३ सम्म पहाडी तथा हिमाली क्षेत्रमा असिना पर्न सक्ने अनुमान मौषम बिज्ञान विभागले गरेको थियो।

यता हिमाली मौसमविद केवि मानन्धरले सन् २००१ मे ३ का दिन पर्साको थोरीमा एक किलोग्रामको असिना परेको बताए। असिना कुटेर एक मानिस, ५ सय चौपाय मरेको मरेको थियो भने सयौ घाइते भएको मानान्धरले बताए। असिनाले १५ बढी गाउँका पाँच सय घरको जस्तामा प्वाल परेको बतायो।

स्प्रीङ मनसुन भएकाले असिना आउने सक्ने मौसमविदहरुको भनाई छ। शुरुमा पानीको थोप्ला हुने हावाले तलमाथि गर्दा हिउँका कण बन्ने गर्छ ठुलो भए पछि भार थाम्न नसकेर असिना भुईमा झर्ने गरेको हिमाली मौसमविद मानान्धरले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित