काठमाडौः बिमा समितिले बिमा कम्पनीको पुँजी चार गुणाले बढाएको छ । समितिको नयाँ मापदण्डअनुसार अब जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।
अहिले जीवन र नीर्जिवन बिमा कम्पनीको चुक्ता पुँजी क्रमशः ५० करोड र २५ करोड चुक्ता रुपैयाँ थियो । बिमा कम्पनीले नयाँ मापदण्ड अनुसारको पुँजी २०७५ असार मसान्तसम्ममा पुँजी पुर्याइसक्नु पर्नेछ । नयाँ बन्दै गरेको बिमा ऐनमा जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र नीर्जीवन बिमा कम्पनीको लागि चार अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको छ ।
केही बिमा कम्पनीको नयाँ मापदण्डअनुसार जीवन बिमा कम्पनीको पुँजी पुगिसेकेको छ भने केहीको पुर्याउन बाँकी छ । निर्जीवन बिमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ । यस्तै समितिले नयाँ बिमा कम्पनी खोल्न चाहने र पुराना जसले कम्पनी सञ्चालनका लागि समितिको सहमती कुरेर बसेका छन् उसका लागि छुट्टै नीति बनाउने तयारी गर्ने भएको छ ।
अयक्ष चापागाईंले भने, ‘ ८र१० वर्ष पहिला कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेकालाई के गर्ने र नयाँ खोल्न चाहनेलाई के गर्ने भन्ने बारेमा नीति बनाउनेछ ।’ बजार अध्ययन गरिसकेपछि त्यसैका आधारमा नयाँ कम्पनीले प्रवेश पाउनेरनपाउने पत्ता लाग्ने उनले बताए । हाल बजारमा २७ वटा बिमा कम्पनी छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित