प्रचण्डकोले लोकतन्त्र र गणतन्त्रको उपहास गरे : डा. भट्टराई (भिडियोसहित)

काठमाडौं, २० चैत । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लामो समय सहकार्य गरेको पूर्वसहयोद्धा प्रचण्डको व्यवहारले आफू लज्जित भएको बताएका छन् ।

‘म आज अत्यन्त लज्जित छु, मेरो जीवनका ४० वर्ष निर्दलीय र निरंकुश व्यवस्थाको विरुद्ध लडेँ, बहुदलीय लोकतन्त्रको पक्षमा लडेँ,’ आइतबार साँझ प्रहरी हिरासतबाट छुटेपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘०४६ पछि नेपालमा अझै पूर्ण लोकतन्त्र आएको रहेनछ भनेर लड्यौं ।’ उनले आफू आज लज्जित भएको भन्दै अगाडि भने, ‘गणतन्त्र नेपालका प्रधानमन्त्री मेरै पूर्वसहयोद्धा प्रचण्ड प्रधानमन्त्री भएको अवस्थामा लोकतन्त्र र गणतन्त्रको उपहास देखियो, यसबाट म अत्यन्तै लज्जित छु ।’

‘पञ्चायती व्यवस्थामा कांग्रेसलाई यस्तै गरिएको थियो’
उनले नेपालमा सही अर्थमा लोकतन्त्र र बहुदलीय व्यवस्था आएको रहेनछ भन्ने अनुभूति भएको बताए । ‘पञ्चायती व्यवस्थामा गिरिजालाई चुनाव चिन्ह लिएर लड्छु भन्दा गिरिजाप्रसाद कोइरालालाई चुनाव चिन्ह नदिएर के हालत भएको थियो, हामीलाई थाहा छ,’ उनले भने, ‘त्यतिबेला राजतन्त्रवादीहरुले चुनाव चिन्ह नदिँदा हामीले ठूलो संघर्ष गर्नुपरेको थियो ।’ उनले अहिले पनि संविधानले दिएको अधिकारको विरुद्ध गुपचुपरुपमा त्यस्तै षड्यन्त्र दोहार्याएको गुनासो गरे ।

‘अहिले आएर हामीलाई संविधानले दिएको अधिकार लत्याइयो, यो पञ्चायती व्यवस्था र मण्डलेतन्त्रको पुनरावृत्ति नै हो,’ उनले भने, ‘यसमा मलाई अत्यन्त लज्जाबोध भएको छ ।’
गृहमन्त्रीसँग ‘विधिको शासन’को कुरा गर्दा फोन राखिदिए
‘शान्तिपूर्ण आन्दोलन गर्नु हाम्रो अधिकार हो, हामीले गर्यौं,’ उनले भने, ‘हामीलाई धर्ना दिन दिएनन्, हामीले निषेधित क्षेत्र तोडेकै हो ।’ उनले गिरफ्तार गरिसकेपछि गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर ‘हामीले के अपराध गरेको आरोपमा ल्याइएको हो, निषेधित क्षेत्र तोडेको कारण ल्याइएको हो भने हामीलाई त्यही उल्लेख गरेर पुर्जी थमाउनुपर्यो र अदालतमा पेश गर्नुपर्यो’ भनेर प्रश्न गरेको बताए ।
‘कुनै सोधपुछ पनि छैन, कुनै जानकारी पनि छैन,’ उनले भने, ‘उल्टै अपमानजनक व्यवहार गरिएको छ ।’ उनले निषेधित क्षेत्र तोडेको हो, पक्राउ पूर्जि दिनुस्, अदालतमा पेश गर्नूस्, विधिको शासन मान्छु र कारबाही भोग्छु भन्दा गृहमन्त्रीले फोड राखिएको दिएको गुनासो गरे ।
छविलालले कपट गरे, राठोरले दमनले गरे
सम्बोधनको क्रममा संयोजक बाबुराम भट्टराईले छविलालले कपटपूर्ण व्यवहार गरेको बताए । छविलाल (पुष्पकमल दाहाल होइन)ले सुरुमा आएर चाकरीपूर्ण व्यवहार गरेको र डिएपी राठोर आएर दुव्र्यवहार गरेको संयोजक बाबुरामले गुनासो गरे ।
‘एसएसपी छविलालले कपटपूर्ण ढंगले सम्मान गर्न खोजे,’ उनले भने, ‘हामीले मानवीय व्यवहार गर्नुस् भन्यौं, तर पछि राठोर आएर बाघले बाख्रा झम्टिएजस्तो गरे । यतिधेरै अपमान गरियो ।’
एनले चोरलाई जस्तै व्यवहार गरिएको भन्दै मुलुकमा डरलाग्दोगरी प्रतिगमन फर्कन लागेको बताए । उनले ७५ वटै जिल्लाहरुमा धर्ना कार्यक्रमलाई निरन्तरता दिने भन्दै घटनाको छानबिनको माग गरे ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी क्रान्तिकारीका नेताले बहुदलीय व्यवस्थामा पनि चुनाव चिन्ह नदिएर २७ दलले सिन्डिकेट लगाएको बताए ।  ‘किन ल्याइयो ? किन जाने ? कुन कानुनले ल्यायो ? भेडा बाख्रा जस्तो ल्याउने, अनि दाम्लो छाडेर लैजाने हुन्छ ?’ उनले प्रश्न गरे, ‘यो देशमा पूर्वप्रधानमन्त्रीको त यो हालत छ ? महिला सभासदमाथि हात हालियो ।’
यो सामान्य जस्तो लागे पनि ठूलो प्रतिक्रान्तिको संकेत हो भन्दै उनले संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा सांसद गंगा चौधरीले आफूलाई कुटपिट र अपमान गरेको भन्दै देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति