बाबुरामलाई विमलेन्द्रको फोन

baburam-bhattarai-pakrau1-768x495

२० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई प्रहरीले सडकमा ठेलठाल गरेर पक्राउ गर्दैथियो, त्यहीबेला गृहमन्त्री विमलेन्द्र निधीले टेलिफोन गरे ।

हल्लाखल्लाका कारण मन्त्री निधीको कुरो पूर्वप्रधानमन्त्रीले राम्ररी सुन्न सकेनन् । एकापट्टिको कानको दुलो टाल्दा पनि डा. भट्टराईले गृहमन्त्रीको कुरो बुझेनन् ।

तस्वीरमा देख्न सकिन्छ, पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई प्रहरीले पक्राउ गर्न लागेको छ र भट्टराईले एकातिरको कान थुनेका छन् । अर्कोपट्टकिो कानमा मोबाइल टाँसिएको छ, तर राम्रोसित देखिँदैन । उनी आक्रोशित जस्ता देखिन्छन् ।

डा. बाबुरामलाई प्रहरीले पक्राउ गर्नै लाग्दा गृहमन्त्री विमलेन्द्र निधीले टेलिफोन गरेका थिए । मोबाइलको घण्टी बजेपछि बाबुरामले फोन त रिसिभ गरे, तर मन्त्रीले किन फोन गरेका हुन् भन्ने बुझ्न सकेनन् । कान थुन्दा पनि निधीको कुरो डा. भट्टराईले बुझेनन् । त्यसपछि निधीसँग उनले एकतर्फी कुरो गरे ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिमाथि प्रहरीले दुर्व्यवहार गरेको र शान्तिपूर्ण प्रदर्शनमा गिरफ्तार गरिएको भन्दै आक्रोशित बनेका डा. भट्टराईले निषेधित क्षेत्र तोडेरै छाड्ने चेतावनी दिए ।

फोनबाट बाबुरामले गृहमन्त्री निधीलाई भने – ‘तपाईले संविधान मिचेर निर्णय गर्दा हुने, हामीले संविधानअनुसार चुनावचिन्ह देउ भन्न किन नपाउने रु’

सरकारले चुनाव चिन्ह नदिएको विरोधमा प्रदर्शनमा उत्रेका डा. भट्टराईले गृहमन्त्रीको कुरो नसुने पनि आफ्नो तर्फबाट चेतावनी दिँदै भने- ‘तपाईहरुले संविधानविरोधी निर्णय गर्नुभएको छ, हामी निशेधित घेरा तोड्छौं, चुनाव चिन्ह नपाएसम्म पछि हट्दैनौं ।’

थुनाभित्रै धर्ना

यसैवीच सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म प्रहरी कार्यालयबाट बाहिर ननिस्किने भन्दै पक्राउ परेका नेताहरुले प्रहरी कार्यालयभित्रै धर्ना सुरु गरेको जनाएका छन् ।

बाबुराम भट्टराईको नेतृत्वमा पक्राउ परेका दुई दर्जन बढी नेताहरुलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।

राष्ट्रिय सभा निर्वाचन तयारी सुरु

कात्तिक २५, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको