महंगियो भारतबाट आउने विजुली

electric-line१९ चैत, काठमाडौं । भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ ।

नेपाल/भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज कमिटीको पछिल्लो बैठक सन् २०११ मा बसेको थियो । त्यसयता भारतीय बेवास्ताकै कारण अहिलेसम्म बसेको छैन ।

पावर एक्सचेन्ज कमिटीले मूल्य पुनरावलोकन नगर्दा विजुली खरिद(बिक्री दर लगातार बढिरहेको छ ।

२०११ को बैठकमा हरेक वर्ष बैठक बस्ने गरी वाषिर्क ५।५ प्रतिशतका दरमा विजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर, त्यसपछि सो समितिको बैठक बसेन र नेपाललले वाषिर्क रुपमा विजुलीको मूल्य बढ्दै गर्दा पनि तिर्न बाध्य भइरह्यो । यो वर्ष पनि सोही नियति दोहोरिएको छ ।

युनिटकै ११ रुपैयाँ नाघ्यो

अब ११ केभीको ट्रान्समिसनबाट आउने भारतीय विजुल महंगिएर प्रतियुनिट ६।९ भारु पुगेको छ । त्यसैगरी ३३ केभी ट्रान्समिसनबाट आउने एक युनिट विजुली अब महंगिएर ६।४२ भारु पर्ने भएको छ ।

१३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५।९२ भारु तिर्नुपर्ने भएको छ । अब ५० मेगावाट बढी भारतीय विजुली ल्याउँदा प्रतियुनिट ५।८५ भारु तिर्नुपर्नेछ ।

हिजोसम्म ११ केभी प्रसारणलाइनबाट प्रतियुनिट ६ रुपैयाँ ५४ पैसा भारु, ३३ केभीमार्फत आउने ६।०८ भारु र १३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५।६२ भारु र ५० मेगावाट बढी ल्याउँदा ५।५५ भारु तिरिरहेको थियो । अब यसमा ५।५ प्रतिशत मूल्य स्वतः बढेको छ ।

११ केभी प्रशारणलाइनबाट भारतबाट आउने बिजुली अब ११।०३ नेपाली रुपैयाँसम्म पर्ने भएको छ । सस्तोको बिजुली पनि न्युनतम् ९ रुपैयाँ ३६ पैसासम्म पर्ने भएको छ ।

यसमा पावर ट्रेड अन्तर्गतको विजुलीको दर समावेश छैन । यो विजुली भने तुलानात्मक रुपमा सस्तो छ ।

भारतको मनोमानी, नेपाललाई मार

पावर एक्स्चेञ्ज कमिटीमार्फत नेपाल आउने सामान्य विद्युत् बजारको मूल्यभन्दा दोब्बर जत्तिकै भइसकेको छ । तर, पनि भारतले यो बैठक बस्न चासो देखाएका छैन ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी यो बैठक बस्न अति जरुरी भएकाले आफ्नोतर्फबाट भारतीय पक्षलाई स्पष्ट रुपमा बैठक राख्न आग्रह गरिएको बताए ।

केही समयभित्रै बैठक बसेर भारतबाट आउने विजुलीको मूल्य पुनरावलोकन हुने दावी पनि गरे ।

२ सय मेगावाट बिजुली महंगिने

नेपालल यो बैठक बसाल्न पटक(पटक पहल गरेपनि भारतीय पक्षले चासो नै दिएको छैन । शनिाबारबाट ११ केभीसम्मका ४ वटा, ५३ केभीसम्म प्रसारणलाइनका ६ वटासहित गण्डक र सुरजपुरा नाकाबाट आउने विजुली महंगो भएको छ ।

झण्डै २ सय मेगावाट विजुलीको मूल्य थप मंहगिएको छ । टनकपुर र ढल्केबर प्रसारणलाइनबाट भने पावर ट्रेडअन्तरगतको विजुली भएकाले त्यो महंगिएको छैन । दुई प्रसारणलाइनबाट १६५ मेगावाट विजुली आइरहेको छ ।

सन् २०११ अघि प्रत्येक वर्ष ८ प्रतिशतले भारतीय विजुली स्वतः वृद्धि हुन्थ्यो । त्यसबेला ५।५ प्रतिशतमा झारिएपनि अहिले त्यो वृद्धिदर पुनरावलोकन गर्नैपर्ने अवस्था छ । बैठक नबस्दा छैंटौं पटक नेपाल आउने विजुली स्वतः महंगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

विकासका लागि सुशासन

बालकुमारी कार्की देश विकासका लागि सुशासन अपरिहार्य तìव हो । सुशासनका विशेषतामा कानुनी शासन, पारदर्शिता,

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा