April 1, 2017

प्रेमिकाले बिहे गर्न नमानेपछि ….

वीरगन्ज – बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन्। पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

वीरगन्ज उपमहानगरपालिका १४ श्रीपुरस्थित रेणुका घिमिरेको घरमा डेरा लिएर बस्दै आएकी रिना गत चैत ८ गते बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन्। रिनाको हत्या उनलाई एकतर्फी रूपमा प्रेम गर्ने शैलेशले गरेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।

जनकपुर घर भएकी रिनाकी दिदीको देवर अमेसरकामा बस्दै आएका छन्। रिनाका बुबाआमाले अमेरिकामा बस्दै आएका रिनाकी दिदीको देवरसँग नै रिनाको बिहे गर्ने पक्कापक्की गरिसकेका थिए। रिनाले पनि दिदीको देवरलाई मन पराउँदै आएकी थिइन्।

केही समयदेखि सामाजिक सञ्जालमार्फत रिनासँग चिनजान गरेका शैलेशले पनि रिनालाई मन पराउन थालेका थिए। श्रीपुरस्थित रिनाको डेरामा उनलाई भेट्न शैलेश बारम्बार आउने गर्थे । रिनालाई आफूले मन पराएको भन्दै शैलेशले बिहेको प्रस्ताव पनि राखेका थिए। तर रिनाले भने आफूले अमेरिकामा रहेका दिदीको देवरसँगै आफूले बिहे गर्ने भन्दै शैलेशको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्।

गत चैत ७ गते साँझ रिनाको डेरामा गएका शैलेशले आफूसँग बिहे गर्न पुनः प्रस्ताव राखेको तर रिनाले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानक्रममा पुष्टि भएको जानकारी प्रहरी नायब उपरीक्षक जोशीले दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष