काठमाडौं, १८ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीको गोप्य योजनाको खुलासा भएको छ ।
नेपाल आएर कार्यभार सम्हालेको एक हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोख खुलेको हो । त्यो मिसन हो- हिन्दू राष्ट्र ।
भारतीय प्रोफेसर एवं नेपाल मामिलाका जानकार डा. एस डी मुनीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले हिन्दू राष्ट्र पुनः स्थापना गर्नेबारे नेपालमा खुलेरै लबिङ गरिरहेको खुलासा गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटर उनले लेखेका छन्– ‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दू राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन् ।’
पुरीले मंगलबार राप्रपा अध्यक्ष रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासँग भेट गरेर हिन्दू राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको सन्देश उनले थापालाई सुनाएका थिए ।
यसअघि पुरीले नेपाल सरकारले आफै बनाउने निर्णय गरिसकेको फास्ट ट्रयाक परियोजना बनाउन अझै भारत इच्छुक रहेको र त्यसमा आफ्नो उपस्थिती खोजिरहेको बताएका थिए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित