१६ चैत, काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशका जिल्लाहरुमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसकेको जनाएको छ । तराई मधेस आन्दोलनबाट प्रभावित दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
आगामी निर्वाचनका लागि मतदान केन्द्र नतोक्दासम्म मतदाता परिचय पत्रलाई अन्तिम टुंगो लगाउन नमिल्ने र मतदाता नामावलीको टुंगो नलाग्दासम्म मतदाता परिचय पत्र छपाउन नमिल्ने आयोग पदाधिकारीहरु बताउँछन् ।
आयोगले चैत २० गतेसम्म मतदान केन्द्र टुंग्याएर मतदाता नामावली समेत टुंग्याउने लक्ष्य लिएको छ । आगामी चैत २० गतेसम्म पनि मतदान केन्द्र टुंग्याउन नसके आयोगले थप निर्णय लिने प्रवक्ता शर्माले अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई राजनीतिक सहमतिको बातावरण बनाउन भनिरहेका छौँ, आगामी १९ गतेसम्म पनि केही प्रगति भएन भने आयोगले छुट्टै निर्णय गर्नुपर्ने हुन्छ ।’
यस्तै दुई नम्बर प्रदेशमा निर्वाचन आयोगले समेत काम गर्न नसकेको आयोगका एक आयुक्तले बताएका छन् । केही जिल्लामा आयोगको कार्यालय खोलेपनि काम गर्न नसकेको र केही जिल्लामा कार्यालय सञ्चालन नै गर्न नसकेको ति आयुक्तले बताए ।
संविधान संशोधन नगरेसम्म स्थानीय तहको चुनाव हुन नदिने मधेसी मोर्चाले चेतावनी दिँदै आएको छ ।
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले
काठमाडौँ, असोज ५ गते । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र
ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)