आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले नेताहरु आयोग पुगे

Election-commissionकाठमाडौँ, चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति आज निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घन भएका घटनाहरु बारे जानकारी गराउँदै त्यस विषयमा छलफलसमेत गरेको हो ।

निर्वाचनको मिति घोषणा र आचारसंहितासमेत लागू भइसकेको अवस्थामा गृहमन्त्री नेपाली सेनाको हेलिकोप्टर चढेर राज्यका तर्फबाट चेक हस्तान्तरण गर्ने र त्यसै सिलसिलामा नेपाली काँग्रेसको कार्यक्रममा सहभागी हुने कार्यले आचारसंहिताको पालना भयो की भएन भनी एमालेका तर्फबाट प्रश्न गरिएको थियो । सो पार्टीले बजेट कल्पना गर्न नसकिने ढङ्गबाट रकमान्तर भएको र नयाँनयाँ योजनामा बजेट रकमान्तर भएको बारे पनि गम्भीरतापूर्वक अध्ययन गर्न आयोगलाई ध्यानाकर्षण गराएको नेता नेम्बाङले जानकारी दिए ।

म्यादी प्रहरीको भर्नाको वस्तुनिष्ट र पारदर्शीताको आधार स्पष्ट हुन जरुरी रहेको बताउँदै एमालेले यस विषयमा निरन्तर अनुगमन गर्न तथा मतदान केन्द्रसमेत सर्वदलीय सहमतिका आधारमा मात्र तोक्न आयोगलाई भनेको छ ।

टोलीमा प्रमुख सचेतक भानुभक्त ढकाल, पूर्वमन्त्रीद्वय राजेन्द्र पाण्डे र अग्नि खरेल तथा सांसद डा राजन भट्टराई सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन