महोत्तरीमा प्रहरीमाथि आक्रमण

nepal-police

 महोत्तरी, चैत १६–महोत्तरीको लक्ष्मीनियामा अभियुक्तलाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि हातपात भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्राप्त पत्रअनुसार अभियुक्त विसेश्वर महतो र उनका सुवोध महतो नुनियालाई पक्राउ गर्न जाँदा असईसहित तीन प्रहरीमाथि हातपात भएको हो ।

चैत्र २ गते लक्ष्मीनियाँ–८ बस्ने विसेश्वर महतो र उनका ९ वर्षीय छोरा सुवोध महतो नुनियालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउने पत्र अनुसार पक्राउ गर्न गएका ३ जना प्रहरी माथी हातपात भएको कान्तिबजार प्रहरी चौकीका असई जित बहादुर बस्नेतले बताएका छन् ।

स्थानीयले असई जितबहादुर बस्नेत, हवल्दार श्याम बाबु कुशवाहा र प्रहरी जवान शिव शंकर महतोमाथि हातपात गरेको असई बस्नेतले बताए ।

गत फाल्गुण २ गते चौकीमा दर्ता भएको निवेदन सम्बन्धमा गाउँमै छलफल सम्भव नभएपछि जिल्लामा उपस्थिति गराउने आदेश भएको पत्र चौकीमा प्राप्त भएपछि सोही अनुसार उनीहरुलाई पक्राउ गर्न जाँदा स्थानीय विशेश्वर महतो र आफन्त महिलाहरुले हातपात गरेको कान्तिबजार प्रहरी चौकीका असई बस्नेतले बताए ।

करिव दुई महिना अगाडि सडकछेउमा रहेको पानीमा तीन–चार जना बालबालिका खेल्ने क्रममा जिउमा पानी पर्दा भएको झगडामा नविन महतो नुनियाको हात भाँचिएको थियो । झगडामा हात भाँचिएपछि उपचारमा लागेको खर्च र सो सम्बन्धमा छलफल गर्न बोलाईएको बैठक निष्कर्ष विहिन भएपछि पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गराएको थियो । प्रहरीले अवरोधका बीच पनि अभियुक्तलाई पक्राउ गरेको बताइएको छ ।

यता, कान्तिबजार चौकीका असई जितबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले महतोलाई पक्राउ गर्ने क्रममा आफन्तले हुलहुज्जत गर्न खोजेपछि भएको घटनामा एक महिला घाईते भएकी छन् । घाईते हुनेमा लक्ष्मिनियाँ ८ की ३३ वर्षीया शिवकला देवी महतो नुनिया हुन् ।

छलफल सकिनै लाग्दा त्यहाँ आएका प्रहरी टोलीले एक्कासि शिवकलामाथि कुटपिट गरेको पूर्वसभासद एवम् माओवादी केन्द्रका नेतृ वुधनीदेवी महतो नुनियाले बताइन् ।

घाईते शिवकलाको हात र छातीमा चोट लागेकोले गौशालामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर अंचल अस्पताल लगिएको नेतृ महतोले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र