आजको पत्रपत्रिकामा छापिएका प्रमुख खवरहरु

patrapatrika-bimal-1-1-768x1258१५ चैत, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको समाचारलाई मंगलबारका सबैजसो राष्ट्रिय दैनिक अखबारले आवरण पृष्ठमा छापेका छन् । दाहालसँगको भेटमा सीले नेपालको सडक र रेलमार्ग निर्माणबारे चासो राखेका थिए ।

 

त्यस्तै भारतसँग इन्धान सम्झौता नवीकरण भएको समाचारले पनि पत्रिकाहरुको आवरण पृष्ठमा स्थान पाएको छ । नवीकरण भएको सम्झौतामा तेलमा आइओसीको एकाधिकार कायम राख्दै प्राकृतिक ग्यास नेपाल ल्याइदिन भारत सहमत भएको छ ।

यससँगै अनागरिक नेपाली ‘हिरो’ शीर्षकमा बक्सिङ खेलाडी सुशील थापाको स्टोरीलाई खास महत्व दिएको अन्नपूर्ण पोस्ट् दैनिकले रुकुममा १० दिनमा १४ किलोमिटर सडक निर्माण भएको समाचारलाई प्राथमिकता दिएको छ ।

ठूला तीन दलको चुनावी तयारीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । स्थानीय तहको उम्मेदवार बन्न पढाइ अनिवार्य नभएकोलाई कान्तिपुर दैनिकले समाचार बनाएको छ ।

प्रधानमन्त्री चीन जाँदा कार्यबाहक नतोकेको असर घोडेजात्रामा परेकोलाई समाचार बनाएको राजधानी दैनिकले कांग्रेस केन्द्रीय समिति बैठकमा उम्मेदवार छनोटका विषयमा मत बाझिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो