मेलम्ची खानेपानी आयोजनामा करोडौं भ्रष्ट्राचार भएको दाबी

hjk-750x500काठमाडौँः काठमाडौँबासीको तिर्खा मेटाउन अर्बौ लगानीमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा ठुलो भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको छ ।भ्रष्ट्राचार रोकथामका लागि निर्देशन दिने व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा मेलम्ची खानेपानी आयोजनामा करोडौं रुपैयाँ भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको हो ।

नेपाली कांग्रेसका सांसद् मोहनबहादुर बस्नेतले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बनाइनुपर्ने हेड बक्सको परामर्शदाताले डिजाइन नै तयार नगरेको अवस्थामा आयोजना प्रमुखले ५८ करोड रुपैयाँ भुक्तानी गरेको भन्दै यसको छानविन हनुपर्ने माग गरे ।हालका आयोजना प्रमुखको कार्यकाल चाँडै सकिन लागेकाले समितिले यस विषयमा छानविन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको प्रमुखका रूपमा  हाल घनश्याम भट्टराई कार्यरत छन् । परामर्शदातासँग मिलेर भट्टराईले भ्रष्ट्राचार गरेको दाबी सांसद् बस्नेतले गरेका छन् ।उनले हेडबक्सको डिजाइन नै नबनाइएकाले तथा जटिल खालको पहरोमा सुरुङ खन्ने कामै नभएको अवस्थामा मेलम्चीको पानी काठमाडौँ आइपुग्नन अझै एक वर्ष लाग्ने दाबी गरे ।

मेलम्ची खानेपानी आयोजनाले आगामी असोजभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गरिसक्ने दाबी गर्दै आएको छ ।मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले २६ अर्ब रुपैयाँ खर्च गरेर पाइपलाइन विछ्याउने काम गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित