सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिस मरेका थिए । टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो । इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको थियो टाइटनिक ।
निकै शक्तिशाली उक्त जहाजमा सुरक्षाका सबै उपाय अपनाइएको थियो । तर त्यसका बाबजुत पनि उक्त जहाज आफ्नो पहिलो यात्रामै हिउँको थुप्रोसँग ठक्कर खायो र डुब्यो । उक्त दुर्घटना सन् १९१२ को अप्रिल १४ को रात ११ बजेर ४० मिनेटमा भएको थियो र रात २ बजेर २० मिनेटमा पूरै जहाज समुद्रमा डुब्यो । यद्यपि यो जहाज दुर्घटनाका बारेमा बहुचर्चित हलिउड फिल्म बनेको छ र यसबारेमा धेरै तथ्यहरु बाहिर आएका छन् ।
तर केही रोचक तथ्यहरु यस्ता पनि छन् जो तपाईंले थाहा नपाएको हुनसक्छः
१। जहाजका चालकहरुले जहाज ठोक्किनु केवल ३० सेकेण्डअघि मात्र आइसबर्ग देखेका थिए । यदि अलिक पहिले नै उक्त हिउँको थुप्रो देखिएको भए सायद जहाजको दिशा बदल्न सम्भव हुन्थ्यो र समुद्री इतिहासको उक्त भिषण दुर्घटना टर्न सक्थ्यो ।
२। जहाजमा धुवाँ निस्किने ४ वटा चिम्नी अर्थात् स्मोकस्टेक्स थिए । टाइटानिकका हरेक तस्वीरको अभिन्न हिस्सा हुन् ती चार चिम्नी । तर खासमा ती ४ चिम्नीमध्ये एउटा केवल देखावटी मात्र थियो । अर्थात् केवल ३ वटाबाट मात्र धुवाँ निस्कन्थ्यो र एएटा केवल सजावटका लागि मात्र राखिएको थियो ।
३। उक्त भयावह दुर्घटना हुँदाको रात आन्ध्र महासागरमा क्यालिफोर्नियन नामको अर्को जहाज पनि तैरिरहेको थियो । उक्त जहाज टाइटानिक भन्दा धेरै टाढा पनि थिएन । तर समयमा सूचना प्राप्त नहुँदा क्यालिफोर्नियन समयमा दुर्घटनास्थलमा पुग्न पाएन र धेरै यात्रुको ज्यान जोगिन पाएन ।
४। दुर्घटनाको एकदिन पहिले लाइफबोट ड्रिल अभ्यास गर्ने कायक्रम थियो । तर अन्तिम सयमा उक्त अभ्यास कार्यक्रम रोकियो । यदि लाइभ बोट अभ्यास गरिएको भए डुंगाहरुको राम्रो व्यवस्था भएर धेरै यात्रुको ज्यान जोगिन सक्थ्यो होला ।
५। टाइटनिक फिल्मको सबैभन्दा हृदयविदारक दृश्यमध्येको एक हो, जहाज डुबिरहँदा पनि म्युजिक ब्याण्डका सदस्यहरुले संगीत निरन्तर जारी रहनु । यो कुनै काल्पनिक कथा थिएन । वास्तवमा जहाज दुर्घटनाग्रस्त हुने समयमा त्यहाँ त्यस्तै संगीत गुन्जिरहेको थियो ।
६। दुर्घटनामा धेरै यात्रु लाइफ बोटको सहायताले ज्यान जोगाउन सफल भएका थिए तर लाइफ बोटको सही व्यवस्थापन हुन नसक्दा धेरैको ज्यान गयो । कतिपय लाइफ बोटहरुमा पर्याप्त ठाउँ छँदाछँदै वा खाली हुँदाहुँदै पनि जहाजका यात्रुहरुलाई राख्न सकिएन ।
७। एउटा रोचक, अनौठो तथा यथार्थ तथ्य के हो भने टाइटानिक जहाज बनाउनमा जति खर्च लागेको थियो त्यो भन्दा धेरै खर्च जेम्स क्यामरुनको फिल्म टाइटानिक बनाउन लागेको थियो ।
८। टाइटानिकलाई ध्वस्त पार्ने कुख्यात हिम पहाड उक्त दुर्घटना हुनुभन्दा २९ सय वर्ष पहिले नै बनेको थियो ।
९। उक्त भिषण दुर्घटनामा जहाजका एक शेफ पनि बँचेका थिए । उनी बँच्नुको कारण निकै रोचक छ । वास्तवमा ती भान्सेले जहाज डुब्नुअघि निकै नै धेरै रक्सी पिएका थिए । अब जसरी पनि मरिन्छ भनेर धोकाधार रुपमा उनले पिएको रक्सी आखिर अमृत बन्यो । उनी समुद्रको पानीमा खसेपछि जिउमा धेरै रक्सी भएकै कारण उनको सरीरको तापक्रम धेरै घट्न पाएन र उनको ज्यान जोगियो । स्मरण रहोस् टाइटानिकका धेरै यात्रुको डुबेर भन्दा पनि समुद्रको अत्यधिक चिसो पानीका कारण मृत्यु भएको थियो ।
१०। त्यसदिन टाइटानिक जहाजमा यात्रा गर्नका लागि अमेरिकाको चर्चित चकलेट कम्पनी हर्शे चकलेट्सका मालिक मिल्टन हर्शेले पनि टिकट काटेका थिए । तर अन्तिम समयमा उनले आफ्नो यात्राको योजना परिवर्तन गरे र टाइटानिकमा चढेनन् । जसका कारण संयोगले उनको ज्यान बँच्यो ।
११। टाइटानिकमा एक जापानी यात्रु पनि थिए जो दुर्घटनामा बँच्न सफल भए । जापानी सरकारी जागिरे मासाबुमी होसोनो टाइटानिकका एकमात्र जापानी यात्री थिए । तर जब उनी बँचेर जापान फर्किउ तब उनलाई जहाज छाडेर भागेको आरोपमा सबैले घृणा गरे । जहाजसँगै नडुबी स्वार्थी भएर आफुमात्र बाँचेको भनेर जापानी सर्वसाधारण, मिडिया तथा सरकार समेतले उनलाई छि छि दूर दूर गराए । उनलाई जागिरबाट पनि हटाइयो र कायरको संज्ञा दिइयो । उनको सन् १९८० मा मृत्यु भयो ।
१२। हिउँको पहाडसँग ठोक्किएर दुर्घटनाग्रस्त हुने टाइटानिक दुनियाँको एकमात्र ठूलो जहाज हो
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको