
काठमाडौं , १४ चैत । स्थानीय चुनावको निम्ति मतदाता नामावली संकलन अझै पूरा नभएकाले अहिलेसम्म पनि मतदाता परिचयपत्र छपाई शुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।हालसम्म ६६ जिल्लाबाट मात्रै मतदाता नामावली प्राप्त भएको र बाँकी जिल्लाको विवरण २० गतेसम्ममा आउने आयोगको अपेक्षा छ।
चुनावको मिति करिब डेढ महिना मात्र बाँकी रहँदा परिचय पत्र मतदाताको हातहातमा पुर्याउन चुनौतिपूर्ण हुनसक्ने बताइएको छ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि अत्यावश्यक मतदाता परिचयपत्र छपाइका निम्ति ओम्नि ग्रुप नामक कम्पनीलाई जिम्मा दिइसकेको जनाएको छ।
प्रत्येक मतदाता परिचयपत्र छपाइका निम्ति करिब १० रुपैया पर्ने गरि सम्झौता गरिए पनि कहिलेदेखि छपाइ गर्ने भन्नेबारे हालसम्म टुंगो नलागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो। “अन्तिम मतदाता नामावली तयार भएपछि मात्र उसले छाप्न सक्छ। २० गतेसम्म त्यो तयार पार्ने योजनामा हामी छौं,” उहाँले बताउनुभयो।
हालसम्म विभिन्न जिल्लाबाट प्राप्त मतदाता नामावली सम्बन्धी विवरण अध्यावधिक गर्ने काम भैरहेको आयोगको भनाइ छ।
ती विवरण निर्वाचन आयोगका कम्युटर ईन्जिनियरहरुको प्रत्यक्ष नियन्त्रणमा हुने र आयोगकै निगरानीमा मतदाता परिचयपत्रको छपाइको कार्य हुने आयोगले बताएको छ।
मतदान अधिकृत स्थानीय तहमा खटाइनु अगावै मतदाताको परिचयपत्र सुरक्षित तवरले हातहातै पुर्याउने आयोगको तयारी छ।
तर घर्किंदै गएको समयका कारण त्यो कार्य निकै कठिन हुने जानकारहरुको भनाइ छ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष