‘द कपिल शर्मा शो’ बन्द हुँदै

 

daa
मुम्बइ। कपिल शर्माका फ्यानहरुको लागि दुःखद् खबर छ। छिट्टै ‘द कपिल शर्मा शो’ बन्द हुँदैछ। कपिल शर्मा र सुनिल ग्रोवरको विवादका कारण च्यानलले शो बन्द गर्ने फैसला गरेको छ। तर, यस विषयमा सोनी टिभी र कपिलका प्रोडक्सन हाउस केनाइनले यसको आधिकारिक पुष्टि भने गरेका छैनन्। रिपोर्टका अनुसार पछिल्लो समय सुनिल ग्रोवर, चन्दन प्रभाकर र अलि असगरले कपिलसँग काम गर्न नमानेपछि उनले अन्य कमेडियन राजु श्रीवास्तव, सुनील पल र अहसान कुरैसीलाई शोमा ल्याएका थिए। तर सोनी टिभी यसबाट खुसी छैन।
हालै जब सेटमा कोही सेलिब्रेटी आएनन् कपिललाई आफ्नो शोको शुटिङ बन्द गर्नुपर्‍यो। सुटिङ रोकेर अहिले कपिल आफ्नो फिल्म फिरंगीको सुटिङका लागि वीकानेर गएका छन्। उनी २९ मार्चमा फर्कनेछन्। केही समयअघि २०१७ भरी फिल्मबाट टाढा रहनको लागि कपिललाई सोनी च्यानलले १ सय १० करोड रुपयाँको अफर दिएको थियो। यसका लागि कपिल राजी पनि थिए। तर, यस्तो बेलामा शो बन्द गर्नुपर्दा कपिललाई निकै ठूलो घाटा पर्ने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन