चुरोट र सूर्तीको हानी कम गर्ने खानेकुरा

एजेन्सी– निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख श्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो ।1404358775nico-750x422

धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो ।  निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारिरिक प्रणालीलाई स्वास्थ्य बनाउन मद्धत गर्छ ।
फोलिक एसिडयुक्त पालकमा प्रशस्त मात्रामा भिटामिन हुन्छ ।

नियमिति रुपमा पालकको साग खाँदा यसले फोक्सो र रक्तनलीबाट शरिरको निकोटिन फाल्न सहयोग पुर्‍याउँछ ।

ब्रोकाउली फोक्सोको  लागि अत्यधिक स्वस्थकर मानिन्छ । यसले निकोटिनले शरिरमा उत्पन्न गर्ने विषादी हटाई अंगहरुको रक्षा गर्छ । ब्रोकाउलीमा भिटामिन बी ५ र भिटामिन सी पाइन्छ ।

सुन्तालामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टिअक्सिडियन्टयुक्त यस फलले शरिरका हानिकारक र अनावश्यक पर्दाथलाई निष्क्रिय बनाइदिन्छ ।

भिटामिन ए, भिटामिन के, भिटामिन सीयुक्त गाजरले शरिरका अन्य हानिकारक पदार्थलाई बगाएर फालिदिन्छ ।

स्ट्रबेरी, रसबेरी, ब्लुबेरीमा प्रशस्त भिटामिन सी र एन्टिअक्सिडियन्ट हुन्छ, जसले रक्तनलीका विकारलाई हटाइदिन्छ ।

रगतलाई सफा गर्नको लागि अनार निकै प्रभावकारी फल हो । रगतमा मिसिएको निकोटिन लगायतका हानिकारक तत्व फाल्नका लागि यो निकै प्रभावकारी मानिन्छ ।

किवी अर्को महत्वपूर्ण र प्रभावकारी फल हो जसले रगतमा रहेका निकोटिनलगायतका हानकिारक विषादीलाई  पखालेर रगतलाई सफा बनाइदिन्छ । नियमति किबीको सेवनलाई स्वास्थमा अन्य फाइदा पनि गर्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक