११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, कहाँ–कहाँ छ समस्या?

chunab-750काठमाडौं, १३ चैत । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् ।

आजको नयाँ पत्रिकामा खबर छ– निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको असहयोग र अवरोधका कारण मतदानस्थल तय हुन सकेको छैन । ती जिल्लाका केही गाउँपालिका र नगरपालिकामा तालाबन्दी छ ।

‘तराईका आठ जिल्लामध्ये पर्साबाट मतदानस्थल तय भएर आउने खबर आइसकेको छ,’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले नयाँ पत्रिकासँग भने, ‘अन्य जिल्लाबाट पनि आउने खबर आएको छ ।’

देशभर करिब १० हजार ३ वटा मतदानस्थल तय हुने आयोगको अनुमान छ । मतदान केन्द्रबारे टुंगो लाग्न भने बाँकी छ । गाउँपालिका र नगरपालिकाको वडाका मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि केन्द्र तोक्ने तयारी निर्वाचन आयोगको छ । आयोगले बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । करिब २१ हजार मतदान केन्द्र हुने अनुमान आयोगको छ ।

कहाँ–कहाँ छ समस्या ?
प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सप्तरीका गाउँपालिका र नगरपालिकामा सबैभन्दा धेरै समस्या छ । सप्तरीका आठवटा नगरपालिका र नौवटा गाउँपालिकामा एक सय ६२ वटा वडा कार्यालय छन् । ती कुनै पनि कार्यालय सञ्चालनमा छैनन् । तर, अन्य सातवटा जिल्लामा भने आंशिक समस्या देखिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार रौतहटमा १०, बाराका ७ तथा धनुषा र महोत्तरीका केही गाउँपालिकामा समस्या छ । ‘ती क्षेत्रमा एकप्रकारले लुकामारीजस्तो भएको छ, उनीहरूले कार्यालयको बोर्ड जलाउने, हामीले बनाउने भइरहेको छ,’ तामाङले भने ।

मतदाता प्रशिक्षकलाई तालिम
आयोगले स्थानीय निर्वाचनका लागि शनिबार आठ स्थानमा ‘मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । दुईदिने प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा सञ्चालन भइरहेका छन् । आयोगले प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारीहरू, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक महिला शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरका ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । क्षेत्रीयस्तरमा प्रशिक्षित प्रशिक्षकले ७ सय ४४ स्थानीय तहमा करिब २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् ।

मतदाता नामावलीमा भ्रममा नपर्न आग्रह
आयोगले स्थानीय निर्वाचनका लागि मतदाताको नाम, ठेगाना हालको स्थानीय तहअनुसारको नयाँ ठेगानाअनुसार अद्यावधिक गर्ने, सानातिना त्रुटि हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने काम गरिरहेको जनाएको छ । परिष्कृत नभएको मतदाता नामावली हेरेर भ्रममा नपर्न आयोगले आग्रह गरेको छ । आयोगका अनुसार परिष्कृत भएपछि तयार हुने अन्तिम नामावली आयोगको वेबसाइटमा राखिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप