
काठमाडौँ । ‘सही पकडे है’ डायलगबाट चर्चित भएकी र ‘भाभीजी घर पर हैं’ सिरियलमा समेत काम गरिसकेकेकी शिल्पा सिन्देले निर्माता सञ्जय कोहलीमाथि यौन र मानसिक उत्पीडनको आरोप लगाएकी छन् ।
उनले पालघर जिल्लाको वाल्वी प्रहरीमा यौन उत्पीडनको आरोपपत्र समेत दर्ता गराएकी छन् । शिल्पा सिन्देले भनिन्, ‘निर्माता सञ्जय कोहलीले मलाई तिमी मेरो ध्यान राख, म तिम्रो ध्यान राख्नेछु भने । उनले तीन–चार पटक मलाई अंगालो मारेर संवेदनशील स्थानमा समेत छोए ।’ सिन्देले यौन उत्पीडनको उजुरी एक वर्ष पछि गरेको विषयमा भने आफू विरामी परेको उल्लेख गरेकी छन् । उनले आर्टिस्ट एशोसिएसनमा यौन उत्पीडनका बारेमा जानकारी दिएकी थिइन् ।
उनले भनिन्, ‘यो उद्योगमा बलात्कारजता कुनै चिज हुँदैनन् र अनुचित रुपमा छुने काम हुन्छ । यसमाथि म प्रतिक्रिया दिन सक्दिन ।’ शो का निर्माताले एक बयानमा उनले सिन्देको आरोप आधारहीन भएको दाबी गरेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष